किन घट्यो गूगल प्ले स्टोरमा भिडियो शेयरिङ्ग प्लेटफर्म टिकटकको रेटिङ्ग ? यस्तो छ कारण

Technology Khabar ६ जेष्ठ २०७७, मंगलवार

किन घट्यो गूगल प्ले स्टोरमा भिडियो शेयरिङ्ग प्लेटफर्म टिकटकको रेटिङ्ग ? यस्तो छ कारण

काठमाडौं ।

पछिल्लो केहि दिनदेखि सामाजिक संजालहरुमा यूट्यूब र टिकटकका प्रशंसकहरूबिच नयाँ प्रकारको विवादले गर्दा युद्ध भड्कीरहेको छ । साे विवादको विषय हो यूट्यूब र टिकटकमध्ये कुन राम्रो छ? जबकी यी दूबै भिडियो शेयरिङ्ग प्लेटफर्म हुन् ।

यहि विवादले गर्दा हालै गूगल प्ले स्टोरमा टिकटकको रेटिङ्ग ४.७ बाट एकैपटक २.० मा झरेको छ। हालसालै, प्रयोगकर्ताहरूले टिक्टोकलाई प्ले स्टोरमा १ रेटिंग पनि दिएको भेटिएको छ ।

विशेषगरि भारतबाट शुरु भएको यो विवादले गर्दा सोशल मिडियामा धेरै प्रयोगकर्ताहरूले भारतमा टिकटकमा प्रतिबन्ध लगाउन पनि माग गरिरहेका छन्।

गुगल प्ले स्टोरका अनुसार, टिकटक एपले हालसम्म करिब २करोड ४० लाख प्रयोगकर्ताहरुले रेटिँग दिएका छन्, जसमध्ये धेरै प्रयोगकर्ताहरूले यस एपलाई केवल १ रेटिंग दिएका छन् जसले गर्दा एपको रेटिंगमा एकैपटक ठूलो गिरावट आएको छ र रेटिंग २.० मा सिमित छ।

हालसम्म टिकटकको लाइट भर्सनलाई ७ लाख २२ हजार यूजर्सले रेटिंग्स दिएका छन् जसले यसको लाइट भर्सनको रेटिङ्ग १.१ मात्र छ ।

तर अर्कोतर्फ प्ले स्टोरमा करीव ७ करोड व्यक्तिहरूले यू्ट्यूबलाई रेटिंग्स दिएका छन्। प्ले स्टोरमा युट्यूबको रेटिंग ४.१ रहेको छ ।

विश्वभरका देशमध्ये भारतमा उल्लेख्य संख्यामा टिकटकका प्रयोगकर्ताहरु रहेका छन भने यूट्यूबका प्रयोगकर्ताहरु पनि उत्तिकै सक्रिय रहँदै आएका छन् । दुबैका भारतीय सेलेब्रेटी यूजर्सले एक अर्का प्लेटफर्मलाई नराम्रो भनेपछि विवाद उत्पन्न भएको थियो । एजेन्सीका साथ

easy care

प्रकाशित: ६ जेष्ठ २०७७, मंगलवार

ताजा समाचार

स्मार्ट बोर्डबाट पठनपाठन सुरु

  • Technology Khabar
  • १३ बैशाख २०८१, बिहीबार