अब आईफोन फेस मास्क लगाएर पनि खोल्न सकिने, एप्पलले छिटै आईओएस १३.५ जारी गर्दै

Technology Khabar ६ जेष्ठ २०७७, मंगलवार

अब आईफोन फेस मास्क लगाएर पनि खोल्न सकिने, एप्पलले छिटै आईओएस १३.५ जारी गर्दै

काठमाडौं ।

एप्पलले आईफोन अनलक गर्दा फेसमास्क नै लगाएर खोल्न सकिने सफ्टवेयर अपडेट ल्याएको छ।

कम्पनीले हालै आफ्नो आईओएस १३.५ भर्सन हाल डेभलपरहरुका लागि उपलब्ध गराएको छ ।

एप्पलले जारी गरेको यो सफ्टवेयर भर्सन सबैकुरा ठिक भएको खण्डमा छिटै प्रयोगकर्ताहरुको लागि समेत जारी गर्नेछ ।

कोरोनाभाइरसको महामारी निरन्तर बढेसँगै मानिसहरुले फेस मास्क लगाउन थालेका छन् । जसले गर्दा आईफोन अनलक गर्न समस्या हुँदै आएको छ ।

तर अहिलेको नयाँ आईओएस १३.५ भर्सनमा यो विषयलाई सम्बोधन गरिएको छ र फेस आईडी प्रयोगकर्ताहरुलाई अनलक गर्ने अप्सन उपलब्ध गराउने छ । नयाँ अपडेट आएसँगै यूजर्सले फेस मास्क लगाएको बेला पनि खोल्न सकिने छ ।

यो फीचरअनुसार यूजर्सले फेस मास्क लगाएर आईफोन अनलक गर्न खोजेको बेलामा यसले सिधै पासवर्ड इन्ट्रि स्क्रीन पप अप देखाउने छ र त्यसमार्फत अनलक गर्न सजिलो बनाउने छ ।

यसका साथै एप्पलको आईओएस र आईप्याडओएस १३.५ नयाँ अपडेटमा नयाँ कोरोनाभाइरस कन्ट्याक्ट ट्रेसिङ्ग टेक्नोलोजी एपिआई समेत समावेश गरिएको छ । यो फीचरले स्वास्थ्य संस्थाहरुलाई कोरोनाभाइरस ट्रेसिङ्ग एप बनाउनका लागि सहयोग गर्दछ ।

अहिले जारी गरिएको यो आईओएस १३.५ डेभलपरको लागि जारी गरिएको बीटा भर्सन जस्तै हो । जून कुनै समस्या नआएको खण्डमा संभवत अर्को साता जारी गरिनसक्ने अपेक्षा गरिएको छ ।

easy care

प्रकाशित: ६ जेष्ठ २०७७, मंगलवार