दार्चुला जिल्लाको त्रिदेशीय सीमा क्षेत्र छाङरु र तिंकर ६ महिनादेखि सञ्चारविहीन

Technology Khabar ६ जेष्ठ २०७७, मंगलवार

दार्चुला जिल्लाको त्रिदेशीय सीमा क्षेत्र छाङरु र तिंकर ६ महिनादेखि सञ्चारविहीन
नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको केन्द्रीय कार्यालय परिसरमा राखिएको कम्पनी लोगो । फाइल

काठमाडौं ।

दार्चुला जिल्लाको त्रिदेशीय सीमा क्षेत्र व्यास गाउँपालिकाको छाङरु र तिंकर ६ महिनादेखि सञ्चारविहीन भएको छ ।

गत मंसिरमा व्यासका स्थानीयवासी खलंगा झरेसँगै त्रिदेशीय सीमा क्षेत्र सञ्चारविहीन भएको हो ।

छाङरुमा नेपाल टेलिकमको स्काइ टावर स्थापना गरिएको भए पनि अत्यधिक हिमपातका कारण गत मंसिरदेखि अवरुद्ध भएको नेपाल टेलिकम दार्चुलाले जनाएको छ ।

‘हिमपातले छाङरुमा राखिएको स्काइ फोन सेवाको टावरमा राखिएको सोलार र अन्य उपकरणमा क्षति पुगेको हुनसक्छ,’ टेलिकम दार्चुलाका प्रमुख कृष्णबहादुर गुरुङले भने ।

बढी हिमपातले हरेक वर्ष टावरमा क्षति पुर्याउँदै आएको छ । गत वर्ष हेलिकप्टरमार्फत टेलिकमका कर्मचारी गएर टावर निर्माण गरेको तर यो वर्ष छाङरु पुगेर टेलिफोन टावर सञ्चालन गर्न बाटो अवरुद्ध हुँदा सम्भव नभएको टेलिकम प्रमुख गुरुङको भनाइ छ ।

उनका अनुसार स्काइ फोन सेवा पुनः सञ्चालन गर्न बन्दाबन्दीका कारण सामान ल्याउनै समस्या छ ।

easy care

प्रकाशित: ६ जेष्ठ २०७७, मंगलवार

ताजा समाचार

Digital and Intelligent Asia-Pacific Congress 2024 held in Bangkok

१९ बैशाख २०८१, बुधबार

Shenzhou-17 astronauts arrive in Beijing

१९ बैशाख २०८१, बुधबार

News Commentary: Time to reinforce efforts for digital transformation

१९ बैशाख २०८१, बुधबार