Technology Khabar ६ जेष्ठ २०७७, मंगलवार
काठमाडौं ।
सोशल मिडिया जायन्ट फेसबुकले हालै आफ्नो वेब भर्सनमा आफ्नो गेमिङ्ग ट्याबलाई जोडेको छ । कम्पनीले हालै सो गेमिङ्ग ट्याब फेसबुकको नयाँ डिजाइनमा राखेको भेटिएको छ ।
फेसबुक गेमिङ्गलाई कम्पनीले मुख्य पेजको माथिल्लो भागमा राखेको छ । जहाँ यसअघि होम, पेजेज, वाच र ग्रुप्स मात्र रहेका थिए ।
अहिले भने कम्पनीले ग्रुप्सपछि अर्को ट्याब गेमिङ्ग थप गरेको हो ।
गेमिङ्ग ट्याब राखेसँग अब होम पेजको माथिल्लो भागमा पाँच वटा ट्याब देखिनेछ । अब प्रयोगकर्ताको वेब भर्सनमा देखिने साथीहरुको पाँच वटा स्टोरीहरुको प्रत्येक स्टोरीको माथि एक एकवटा ट्याब भएका छन् ।
सो स्थानमा पहिले केबल ४ वटा ट्याबहरु मात्र थिए ।
फेसबुकले यसअघि नै नयाँ ट्याब मुख्य नेभिजेसन पेजमा देखिने उल्लेख गरेको थियो । सोहि अनुसार अहिले सबैलाई फेसबुकको नयाँ डिजाइनमा पनि सो ट्याब ल्याएको हो ।
सो ट्याबमा क्लिक गरेर यूजर्सले सिधै गेमिङ्ग पेजमा जाने सुबिधा रहेको छ ।
सो पेजमा यूजर्सका लागि विभिन्न गेमहरु खेल्ने अप्शन उपलब्ध हुनेछ ।
यसबाहेक कयौं लोकप्रिय गेम्सलाई फलो पनि गर्न सकिनेछ । सोहिपेजमा यूजर्सलाई गेमसँग जोडिएको विभिन्न कन्टेन्टहरु समेत उपलब्ध हुनेछ जहाँ गेमहरुको बारेमा थप जानकारी हेर्न सक्नेछ ।
यूजर्सले सो पेजमा उपलब्ध गेमहरु साथीहरुसँग खेल्न सक्नेछन भने आफ्नो टाइम लाइनमा यसलाई शेयर गर्न सक्ने सुविधा पनि छ । पेजमा गेम्ससँग सम्बन्धित कयौं अपडेट्स पनि हेर्न सकिनेछ ।
प्रकाशित: ६ जेष्ठ २०७७, मंगलवार