अमेजनका संस्थापक जेफ बेजोस १० खर्ब डलर क्लबमा पुग्ने पहिलो व्यक्ति हुने

Technology Khabar ५ जेष्ठ २०७७, सोमबार

अमेजनका संस्थापक जेफ बेजोस १० खर्ब डलर क्लबमा पुग्ने पहिलो व्यक्ति हुने

काठमाडौं ।

अमेरिकी टेक कम्पनी अमेजनका संस्थापक तथा सिईओ जेफ बेजोस विश्वकै ट्रिलियनर अर्थात १० खर्बपति हुने पहिलो व्यक्ति हुने प्रक्षेपण गरिएको छ । ई-कमर्श कम्पनीको रुपमा स्थापना भएको अमेजन अहिले प्रमुख टेक कम्पनीको रुपमा स्थापना भएको छ।

बेजोसको सम्पत्ति आगामी ६ वर्षभित्रै १० खर्ब डलर भन्दा माथि जाने प्रक्षेपण गरिएको हो ।

हालै आएको कम्यारिसनको नयाँ अनुसन्धान रिपोर्टअनुसार जेफ सन २०२६ भित्र ६२ वर्षको उमेरमा १३ अंकको क्लबका पहिलो सदस्य हुनेछन् ।

बेजोस अहिलेपनि विश्वकै सबैभन्दा धनी व्यक्ति हुनजसको कुल सम्पत्ति गत ५ वर्षमा ३४ प्रतिशतले वृद्धि भएको सो अध्ययन रिपोर्टमा उल्लेख छ ।

कम्यारिसनले विश्वका धनी कम्पनीहरु र व्यक्तिहरुको ऐतिहासिक मूल्यांकनको आधारमा कहिले उनीहरु १० खर्ब डलरको मालिक बन्दछन र ट्रिलियन डलर क्लबमा पर्दछन भने प्रक्षेपण गरेको हो ।

यसैअनुसार अमेजनका सिईओ बेजोस ट्रिलियन डलर क्लबमा पर्ने पहिलो व्यक्ति हुनेछन् । हाल बेजोसको सम्पत्ति करिब १४४ अर्ब अमेरिकी डलर रहेको छ ।

तर माइक्रोसफ्टका सह संस्थापक बिल गेट्सको सम्पत्ति अहिले १०० अर्ब डलर भन्दा माथि भएपनि उनी आफ्नो जीवनकालमा १० खर्ब डलर क्लबमा नपर्ने बताईएको छ ।

रिपोर्टकाअनुसार ट्रिलियन डलर क्लबमा चिनियाँ अर्बपति जु जियाईन दोस्रो व्यक्ति हुनेछन र उनी सन् २०२७ मा ट्रिलियन डलर क्लबमा रहनेछन भने तेस्रो अर्बपति अलिबाबाका संस्थापक ज्याक मा सन् २०३० मा ६५ वर्षमा १० खर्ब डलरका मालिक हुनेछन् ।

सो अध्ययन रिपोर्टअनुसार भारतीय अर्बपति मुकेश अम्बानी ७५ वर्षको उमेरमा १० खर्ब डलरको मालिक हुनेछ । मुकेशको सम्पत्ति हाल ५२.४ बिलियन डलर रहेको छ ।

टेक कम्पनी टेनसेन्टका मालिक मा हुआटेङ्ग पनि सन् २०३३ सम्ममा ट्रिलियन डलर क्लबमा हुनेछन् ।

अहिले सँधै जसो चर्चामा हुने फेसबुकका संस्थापक मार्क जुकरबर्ग भने २०३६ मा मात्र १० अर्ब डलरका मालिक हुनेछ र त्यसबेला उनको उमेर ५१ वर्ष पुग्नेछ ।

यसबाहेक बर्ननार्ड आर्नाेल्ट, स्टिभ बलमेर, मिचेल डेल, ल्यारी पेज, सर्गेई ब्रिनसमेत १० खर्ब डलरको मालिक हुनेछन् । एजेन्सीका साथ

easy care

प्रकाशित: ५ जेष्ठ २०७७, सोमबार