अलिबाबाका सह संस्थापक ज्याक माले सफ्टबैंकको बोर्ड सदस्यता छोडे

Technology Khabar ५ जेष्ठ २०७७, सोमबार

अलिबाबाका सह संस्थापक ज्याक माले सफ्टबैंकको बोर्ड सदस्यता छोडे

काठमाडौं ।

सफ्टबैंक ग्रुप कर्पको बोर्ड सदस्यबाट अलिबाबाका सहसंस्थापक ज्याक माले राजिनामा दिने भएका छन् । बैंकले सोमबार घोषणा गर्दै उनले बोर्ड छोड्ने जानकारी दिएको हो ।

ज्याक माले यसअघि नै अलिबाबाको कार्यकारी पद छोडेर आफ्नो पुरानै पेशामा फर्कने बताएका थिए ।अहिलेको निर्णयपनि उनको सबै पदहरु छोड्ने योजनाअनुसार आएको बताईएको छ । हाल उनले सफ्टबैंक छोडेका हुन् ।

यसका साथै सफ्टबैंकले आगामी जुन २५ मा हुने वार्षिक साधारण सभामा बोर्डमा तीन नयाँ नियुक्ती गर्न प्रस्ताव गर्नेछ । यसका साथमा बोर्ड सदस्यहरुको संख्या अब १३ पुग्नेछ । एजेन्सी

easy care

प्रकाशित: ५ जेष्ठ २०७७, सोमबार