क्रिप्टोकरेन्सी उत्खनन गर्नका लागि ह्याकरहरुद्धारा यूरोपका सूपरकम्प्यूटरहरु ह्याक

Technology Khabar ५ जेष्ठ २०७७, सोमबार

क्रिप्टोकरेन्सी उत्खनन गर्नका लागि ह्याकरहरुद्धारा यूरोपका सूपरकम्प्यूटरहरु ह्याक

काठमाडौं ।

यूरोपका कयौं सूपर कम्प्यूटरहरुलाई क्रिप्टोकरेन्सी उत्खनन गर्नका लागि मालवेयरसहित ह्याक गरिएको छ । जसले गर्दा कयौं सूपरकम्प्यूटरहरु अनुसन्धानको लागि बन्द गरिएका छन्।

मालवेयरसहित प्रभावित गरिएका सूपरकम्प्यूटरहरु बेलायत, जर्मनी र स्विजरल्याण्डका हुन भने यसका साथै स्पेनका उच्च क्षमताका कम्प्यूटरमा पनि गरिएको अनुमान गरिएको छ ।

यूनिभर्सिटी अफ ईडिनबर्गको आर्चर सूपरकम्प्यूटरलाई सबैभन्दा पहिले आक्रमण गरिएको थियो गरिएको थियो । सो संस्थाले आर्चरको लगइन नोडसमा सूरक्षा कमजोरी आएको भन्दै सिस्टम नै बन्द गरिएको थियो ।

अनुसन्धानपछि एसएसएच पासवर्ड रिसेट गरेर त्यसलाई सुरक्षित बनाईएको थियो ।

यसैगरि जर्मनीको बिडब्लूएचपीसीको अनुसन्धान परियोजनाहरुको लागि प्रयोग हुँदै आएका सूपरकम्प्यूटहरुमध्ये ५ वटालाई सोहि प्रकृतिको सुरक्षा कमजोरीका कारण बन्द गरिएको थियो ।

अर्कोतर्फ स्पेनमा पनि बार्सिलोनामा भएको सूपरकम्प्यूटरहरुमा पनि सोहि सुरक्षा जोखिम देखिएपछि बन्द गरिएको थियो ।

हिजो शनिवार पनि जर्मनीकै अर्को विश्वविद्यालयको सूपरकम्प्यूटरलाई प्रभावित पारिएको रिपोर्टमा उल्लेख छ । स्विजरल्याण्डमा पनि स्विस सेन्सर अफ साइन्टिफिक कम्प्यूटेसन्सका सूपर कम्प्यूटर पूर्वाधारहरुलाई बाहिरी पहुँच देखिएको भन्दै सुरक्षित नभएसम्मका लागि बन्द गरिएको थियो ।

ती संस्थाहरुले बिस्तृत जानकारी सार्वजनिक नगरेपछि साइबर सुरक्षा विश्लेषकहरुले भने एसएसएच क्रेडेन्सियलमार्फत आक्रमणकारीले पहुँच पाएको बताईएकोछ ।

जेडिनेटको रिपोर्टअनुसार आक्रमण एकै समूहले गरेको हो वा होईन भन्ने स्पष्ट भएको छैन तर एक आक्रमणकारीले भने मोनेरो नामक क्रिप्टोकरेन्सी माइन गर्ने एप्लिकेसन जडान गरेको भेटिएको थियो ।

सूपरकम्प्यूटरहरुमा क्रिप्टोकरेन्सी माइनिङ्ग गर्न मालवेयर राखिएको यो पहिलो पटक भने होईन् । तर ह्याकरहरुले नै सूपरकम्प्यूटरमा पहुँच पाएर यस्तो गरेको भने पहिलो पटक हो । यसअघिका घट्नाहरुमा कर्मचारीले नै क्रिप्टोमाइनर इन्स्टल गरेको भेटिएका थिए । एजेन्सीकासाथ

easy care

प्रकाशित: ५ जेष्ठ २०७७, सोमबार