Technology Khabar ४ जेष्ठ २०७७, आईतवार
काठमाडौं ।
टेक कम्पनीहरु एप्पल र गूगललाई नक्कल गरिएको गेम एप आफ्ना स्टोरहरुमा उपलब्ध गराएको आरोप लागेको छ ।
भिडियो गेम कम्पनी यूबिसफट्ले हालै एप्पल र गूगलका विरुद्ध मुद्धा दायर गर्दै आफ्नो लोकप्रिय गेम टम क्लान्सिज रेन्बो सिस्कः सेईज को हुबहु रहेको गेमिङ्ग एप बेचिरहेको आरोप लगाएको हो ।
यूबिसफ्टले दुबै कम्पनीहरुले सो गेम एप स्टोर र प्ले स्टोरमा बिक्री गरेर प्रतिलिपिअधिकार उलघंन गरेको आरोप लगाएको हो ।
यस मुद्धाअन्तरगत अलिबाबाको डिजिटल इन्टरनेटमेन्ट कम्पनी ईजोयले तयार पारेको गेम एप एरिया एफ२ को बारेमा प्रश्न उठाईएको छ ।
मोबाइल र अनलाइन गेमिङ्गको लागि अलिबाबाले सो ईजोय कम्पनीलाई सन् २०१७ मा किनेको थियो । अलिबाबाले गत वर्ष एरिया एफ २ गेमको प्रबद्र्धन गर्न शुरु गरेको थियो जून आईफोन, आईप्याड थियो भने एन्ड्रोयडका लागि गत महिना तयार पारिएको थियो ।
ब्लूमबर्गको रिपोर्टअनुसार यूबिसफ्टले शुक्रबार लस एन्जल्सको संघिय अदालतमा मुद्धा दायर गरेको छ । जसमा एयर एफ२ गेमलाई आफ्नो लोकप्रिय गेमको हुबहु नक्कल गरिएको गेम भएको दाबी गरेको छ ।
एयर एफ२ ले आफ्नो गेमको हुबहु नक्कल गरेर अपरेसन सेलेक्सन स्क्रीनका साथै फाइनल स्कोरिङ्ग स्क्रीन पनि उस्तै बनाएको आरोप लगाएको छ ।
कम्पनीकाअनुसार रेन्बो सिस्कः सेईजका ५ करोड ५० लाख दर्तावाला प्लेयर्स विश्वभर छन भने ३० लाख भन्दा बढि प्लेयर्स हरेक दिन सक्रिय रहेका छन् ।
प्रकाशित: ४ जेष्ठ २०७७, आईतवार