फेसबुक गेमिङ्ग प्रयोगमा २३८ प्रतिशतले उच्च बृद्धि, ट्विचमा अधिक समय गेम खेलिँदै

Technology Khabar ४ जेष्ठ २०७७, आईतवार

फेसबुक गेमिङ्ग प्रयोगमा २३८ प्रतिशतले उच्च बृद्धि, ट्विचमा अधिक समय गेम खेलिँदै
Global IME Bank

काठमाडौं ।

लकडाउनको कारण व्यक्तिहरुले घरमै बसेर अनलाइन गेमिंगमार्फत आफ्नो समय बिताईरहेका छन्। हालै आएको प्रतिवेदनअनुसार अप्रिल महिनाको अवधिमा वार्षिकरुपमा फेसबुक गेमिङ्गको प्रयोग समय (घण्टा)मा २३८ प्रतिशतले उच्च बृद्धि भएको छ ।

फेसबुक गेमिङ्गपछि लाइभ गेम स्ट्रिमिङ्ग प्लेटफर्म ट्विच रहेको छ, जुन गेमिङ्ग घण्टामा १०१ प्रतिशत र युट्युब भ्यूअरसिपमा ६५ प्रतिशतले वृद्धि भएको देखिएको छ ।

लाइभ स्ट्रिमिङ्ग डाटा एनालिटिक्स प्लेटफर्म स्ट्रीमएलिमेन्ट एण्ड आर्सेनलले आफ्नो रिपोर्टमा रिपोर्ट उल्लेख गरेअनुसार- प्रयोगकर्ताहरुले कुन प्लेटफर्ममा धेरै अवधि बिताए भन्ने बारेमा कुरा गर्नुभयो भने ट्वीचको नाम शीर्षमा आउँदछ, जुन १.६५ अर्ब घण्टामा हेरिएको छ । एकै साथ युट्युबले ४६१ अर्ब घण्टा र फेसबुक गेमिङ्ग  २९१ अर्ब घण्टा हेरिएको थियो । यद्यपि सबैभन्दा कम वृद्धि माइक्रोसफ्ट मिक्सरमा देखिएको छ, जसमा खेल अवधि घण्टामा मात्र ०.२ प्रतिशतले मात्र वृद्धि भएको छ ।

लाइभ स्ट्रिमिंग सफ्टवेयर सर्भिस स्ट्रिमल्याब्सको प्राप्त नयाँ तथ्याङ्कअनुसार, फेसबुक गेम स्ट्रिमिंग प्लेटफर्म २०२० को पहिलो त्रैमासिकमा लगभग ५५ करोड ४० लाख घण्टा हेरिएको छ जबकी सोहि अबधिमा यूट्यूबको १.१ अर्ब घण्टा र ट्वीच ३.१ अर्ब घण्टा हेरिएको थियो ।

फेसबुकले गत महिना एन्ड्रोइडको लागि गूगल प्ले स्टोरमा आफ्नै गेमिङ्ग एप लन्च गरेको थियो। फेसबुक गेमिङ्ग एप निःशुल्क उपलब्ध छ, यसमा लाखौं प्रयोगकर्ताहरूले आफ्नो स्मार्टफोनबाट प्रत्यक्ष खेलहरू हेर्न र स्ट्रिम गर्न सक्दछन्। एजेन्सीका साथ

 

Sajilo Visa

प्रकाशित: ४ जेष्ठ २०७७, आईतवार

तपाइको प्रतिक्रिया