हालै सार्वजनिक भएको मेसेन्जर रुम्स ह्वाट्सएपमा आउँदै, एकैपटक ५० भन्दा बढी व्यक्तिसँग च्याट

Technology Khabar ४ जेष्ठ २०७७, आईतवार

हालै सार्वजनिक भएको मेसेन्जर रुम्स ह्वाट्सएपमा आउँदै, एकैपटक ५० भन्दा बढी व्यक्तिसँग च्याट

काठमाडौं ।

फेसबुकले व्हाट्सएपको एन्ड्रोइड बीटा एपमा मेसेन्जर रुम्स थप्दै गर्दैछ । यो सुविधा एन्ड्रोइडका लागि व्हाट्सएप भर्सन २.२०.१६३ बीटामा देखिएको थियो जुन अब छानिएका बीटा टेस्टरहरूको लागि उपलब्ध छ ।

अनुमान गरिएको छ कि चाँडै यो सुविधा अपडेटको साथ अधिक बीटा प्रयोगकर्ताहरूमा विस्तार गरिने छ। रिपोर्टहरुकाअनुसार यो फीचर हाल अमेरिकामा मात्र सिमित प्रयोगकर्ताहरूलाई उपलब्ध गराउन प्रस्ताव गरिएको छ ।

थाहा पाईराख्नुस की फेसबुकले शुक्रबार मात्रै विश्वव्यापी मेसेन्जर रूम्स सुविधा रोलआउट गरेको थियो र यसको एक दिन पछि नयाँ समाचार बाहिर आएको छ  । मेसेन्जर रुम्समा, प्रयोगकर्ताहरूले ५० भन्दा बढी व्यक्तिहरूसँग सामूहिक च्याट गर्न सक्दछन् ।

फेसबुकले चाँडै मेसेन्जर रुम्सलाई इन्स्टाग्राम र फेसबुक पोर्टलमा ल्याउने पनि घोषणा गरेको थियो तर कहिले आउँछ भन्ने कुनै जानकारी छैन् ।

डब्लूएबीटाइन्फोको एक रिपोर्ट अनुसार फेसबुकको अधिनमा रहेको च्याट एप व्हाट्सएपले एन्ड्रोइडका लागि व्हाट्सएप संस्करण २.२०.१६३ बीटा भर्सनमा फेसबुक मेसेन्जर रूम्स सर्टकट जोडेको छ । यसअघि नै पनि मेसेन्जर रुम्सको सर्टकट व्हाट्सएप एन्ड्रोइड बीटा संस्करण २.२०.१३९ मा देखिएको थियो । तर त्यसबेला यो यूजर्सका लागि प्रयोग गर्न सकिने किसिमको थिएन् ।

अहिले भने सो बीटा भर्नस प्रयोगकर्ताले पनि प्रयोग गर्न सक्नेछन् ।

व्हाट्सएप संस्करण २.२०.१६३ बीटामा फेसबुक मेसेन्जर रूम्स सर्टकट जाँच गर्न, प्रयोगकर्ताहरूले एपको च्याट सेयर शीटलाई खोल्नु पर्नेछ र त्यहाँ रुम्स सर्टकट आएको छ कि छैन हेर्नुपर्नेछ।

रिपोर्टका रुम्स सर्टकट पुरानो क्यामरा बटनको ठाउँमा आउँदछ, जुन अझै च्याट बारमा उपलब्ध छ । एक पटक प्रयोगकर्ताहरूले रुम्स विकल्प छनौट गरेपछि, एउटा विन्डो देखिने छ, जसले फीचरमा भएका सुविधाहरुको बारेमा जानकारी दिन्छ।

रिपोर्टको दाबीअनुसार यस संस्करणका बीटा प्रयोगकर्ताहरूले कल ट्याबमा पनि रुम्स सर्टकट देख्न सक्दछन्। एजेन्सी

 

easy care

प्रकाशित: ४ जेष्ठ २०७७, आईतवार