सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एण्ड इनोभेसनमा डा. सुवर्ण शाक्य नेतृत्वको नयाँ कार्यसमिती

Technology Khabar ४ जेष्ठ २०७७, आईतवार

सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एण्ड इनोभेसनमा डा. सुवर्ण शाक्य नेतृत्वको नयाँ कार्यसमिती

काठमाडौं ।

नेपालको पहिलो साइबर सेक्युरिटी रिसर्च संस्था ‘सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एण्ड इनोभेसन’को प्रथम वार्षिक साधारणसभा आज मिति २०७७ जेठ ३ गते अनलाइन वेविनार मार्फत सम्पन्न भएको छ ।

प्रथम वार्षिक साधारणसभाले नयाँ कार्यसमितिको चयन गरेको छ ।

सम्पन्न साधारणसभाले प्रा.डा. सुवर्ण शाक्य नेतृत्वको १५ सदस्यीय कार्यसमिति चयन गर्यो । नयाँ कार्यसमिति अध्यक्षमा डा. सुवर्ण शाक्य, उपाध्यक्षमा डा. पवन कुमार शर्मा, मिलनराज नेपाली र रोजाकिरण बासुकला, महासचिवमा शालिग्राम पराजुली, सचिवमा सुमन थपालिया, कोषाध्यक्षमा डा. प्रमोद पराजुली सर्वसम्मतले निर्वाचित भएका छन् ।

साथै, उक्त साधारण सभाबाट ८ जना कार्यकारणी सदस्यहरुमा रामकृष्ण दाहाल, शिला कार्की कंसाकार, सरला कार्की, गंगा भण्डारी, रेग बहादुर भण्डारी, भीमध्वज श्रेष्ठ, तेज प्रसाद धमाल र आभाष अधिकारी निर्वाचित भएका छन् ।

साधारण सभा उद्घाटन कार्यक्रममा बोल्दै क्यान महासघंका अध्यक्ष नवराज कुवँरले सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एण्ड इनोभेसनले संचार तथा सूचना प्रविधि क्षेत्रको विकास र विस्तारमा पुर्याएको योगदानको प्रशंसा गर्दै साइवर सेक्यूरिटी सम्वन्धी अनुसन्धान तथा बिषयगत कार्यक्रमहरु संयुक्त साझेदारको रुपमा संचालन गर्न अझ सक्रिय भएर लाग्नु पर्ने बताए ।

नेपाल उद्योग बाणिज्य महासंघका सूचना सञ्चार प्रविधि विकास समितिका अध्यक्ष ई. विनोद ढकालले सरकारले सूचना प्रविधि उद्योगी व्यवसायीलाई काम गर्ने र लगानी गर्ने वातावरण श्रृजना गरिदिनुपर्ने बताए । उनले लगानीको वातावरण सिर्जना गर्न सकेमात्रै नेपालको औद्योगिक विकासले फड्को मार्ने भनाई राखेका थिए ।

क्यान महासंघका पूर्व अध्यक्ष विपल्वमान सिंहले विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) को लकडाउनका कारण सूचना प्रविधि क्षेत्रसँग सम्बन्धित सबै हतोसाहित र विच्चलीत नहुन र हातेमालो गर्दै सकारात्मक धारणा लिएर अगाडी बढनुपर्ने बताए ।

कार्यक्रममा इन्टरनेट गभरनेन्स् इन्स्टिच्युटका उपाध्यक्ष तथा एप्रिआईजिएफका भाइस चेयर अधिवक्ता बाबुराम अर्यालले सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एण्ड इनोभेसनको प्रसंशा गर्दै साइबर सेक्युरिटी इन्टरनेट गोभरनेन्स क्षेत्र अभिन्न पाटो भएको बताए ।

easy care

प्रकाशित: ४ जेष्ठ २०७७, आईतवार

ताजा समाचार