एप्पलले सस्तो मूल्यको आईप्याड बजारमा ल्याउँदै, आईफोन एसईको प्रडक्ट रणनीति लगाईने

Technology Khabar ४ जेष्ठ २०७७, आईतवार

एप्पलले सस्तो मूल्यको आईप्याड बजारमा ल्याउँदै, आईफोन एसईको प्रडक्ट रणनीति लगाईने
फाइल

काठमाडौं ।

एप्पलले चाँडै आफ्ना ग्राहकहरुलाई सस्तो ग्याजेटहरु प्रदान गर्ने तयारी गरेको छ ।

एप्पलका प्रख्यात विश्लेषक मिग ची कुओले हालै एप्पलले बजेट मूल्यको आईप्याड विकास गरिरहेको जानकारी दिएका छन् । उनकाअनुसार सस्तो आईप्याड यो बर्षको उत्तरार्धमा आउन सक्छ।

उनले सस्तो आईप्याड १०.५ इन्चको हुने बताए यसका साथै यससँगै, ८.५ र ९ इन्चको बीचमा नयाँ मिनी साइजको आईप्याड २०२१ को पहिलो आर्धवार्षिकमा लन्च हुन सक्नेछ ।

कुओकाअनुसार यी दुई नयाा आईप्याड मोडलहरु हालै सार्वजनिक भएको आईफोन एसईको प्रोडक्ट रणनीतिअनुसार चल्नेछन्। यसको अर्थ यी दुबै मोडल सस्तो मूल्यमा आउनेछन् । ‘हामी अनुमान लगाईरहेका छौं कि एप्पलका १०.८ इन्चको आईप्याड र ८.५ देखि ९ इनचको आईप्याड मिनी मोडल छिट्टै लन्च गरिनेछ,’ उनले भने ।

कुओकाअनुसार एप्पलले छिटो भन्दा छिटो एप्पल ग्लासेज पनि बजारमा ल्याउनेछ । म्याकरुमर्सको रिपोर्टअनुसार यो एप्पल ग्लासेज हाई रिजोल्युशनयुक्त हुनेछ । एजेन्सी

easy care

प्रकाशित: ४ जेष्ठ २०७७, आईतवार