बिरगंजका पत्रकारलाई न्याय दिन माग गर्दै स्मार्ट टेलिकमका ग्राहकहरुको डाटा लीक

Technology Khabar ३ जेष्ठ २०७७, शनिबार

बिरगंजका पत्रकारलाई न्याय दिन माग गर्दै स्मार्ट टेलिकमका ग्राहकहरुको डाटा लीक
Global IME Bank

काठमाडौं ।

हालै एक ह्याकरले स्मार्ट टेलिकमका ग्राहकहरुको मोबाइल नम्बरसहितको डाटा लीक गरिदिएको छ । तर ह्याकरले स्मार्ट टेलिकमका ग्राहकहरुको डाटा ह्याक गरेपनि माग भने निकै फरक किसिमको राखेको छ।

ह्याकरले शनिवार राती बिरगंजका कोरोना भाइरस लागेका भनिएका र पक्राउ गरिएका पत्रकारहरुको लागि न्यायको माग गर्दै ५ हजार भन्दा बढि मोबाइल नम्बरसहित ग्राहकहरुको जानकारी लीक गरेको हो।

सो ह्याकरले जस्टिस फर नेप्लिज जर्नलिस्टको नाममा ब्लग वेबसाइट मिडियम डटकममा दुईवटा ब्लगपोस्ट लेखेर दुबै पटक गरि ५ हजार भन्दा बढि डाटाहरु लीक गरिदिएको हो ।

ट्विटरमा लानपान ख्याह नाम गरेको ह्याकरले बिरगंजमा पत्रकारहरुमाथि भएको दूव्र्यवहार र पक्राउको विरोधमा डाटा ह्याक गरिएको उल्लेख गरेको छ ।

https://twitter.com/LKhyah/status/1261654914528206855

सो ह्याकरले शनिवार बिहान पहिलो पटक ५०० जनाको मोबाइल नम्बरसहितको डाटा लीक गरेको थियो भने बेलुकी ७ः३० बजे पुन ५ हजार जनाको डाटा लीक गरिदिएको हो ।

जसमा सम्पूर्ण मोबाइल नम्बरहरु स्मार्ट टेलिकमका ग्राहकहरुको रहेको छ । ह्याकरले सो डाटा कहाँबाट लीक गरियो भन्ने उल्लेख गरेको छैन तर ती डाटाहरु सबै खुला प्रकृतिका टेक्स्ट फाइलमा रहेका छन जुन सजिलै हेर्न र कपी गर्न सकिन्छ ।

ह्याकरले स्मार्ट टेलिकमको बारेमा भने केहि उल्लेख गरेको छैन् । तर सबै डाटाहरु भने स्मार्टका ग्राहकहरुको मात्रै रहेको देखिन्छ।

यसबारेमा स्मार्ट टेलिकमसँग टेक्नोलोजीखबरले सोध्दा हालसम्म आफ्नो पक्षमा कुनै कमजोरी नदेखिएको र सबै डाटाहरु सुरक्षित भएको जानकारी दिएको छ ।

स्मार्ट टेलिकमका प्रमुख प्रशासन अधिकृत सजिन राजभण्डारीले सबै तथ्यांक सुरक्षित रहेको जानकारी दिए ।

‘अहिलेसम्म सबै ठिक छ, हाम्रो सर्भर अहिलेको मितिसम्म सुरक्षित रहेकोछ,’ राजभण्डारीले भने । उनले सो डाटा आफ्नो सर्भरबाट लीक नभएको स्पष्ट पारे ।

तर ह्याकरले अहिलेसम्म लीक गरेका सबै मोबाइल नम्बरहरु हेर्दा स्मार्ट टेलिकमको मोबाइल नम्बरहरु रहेको देखिन्छ ।

९८८० बाट शुरु हुने मोबाइल नम्बरको बारेमा स्मार्ट टेलिकमका प्रमुख प्रशासन अधिकृत राजभण्डारीलाई सोध्दा सो नम्बरहरु आफ्नो कम्पनीअन्तरगत कै भएको बताए । तर हालसम्म कुनै ग्राहक, डिलर वा बितरकहरुले समेत गुनासो नगरेको हुँदा ह्याक भएको भन्न नसकिने उनले जानकारी दिए ।

उता ह्याकरले भने आफ्नो माग सम्बोधन नभएसम्म अझै थप डाटाहरु लीक गरिदिने चेतावनी दिएको छ । तर आगामी डाटा लीक कस्तो हुन्छ भनेर स्पष्ट भने पारेको छैन् ।

ह्याकरले बिरगंजको प्रहरी प्रशासनको विरुद्धमा आवाज उठाउनुका साथै सरकारले पत्रकारको कोभिड-१९ को रिपोर्टको दूरुपयोग गरेको आरोप समेत लगाएको छ ।

Sajilo Visa

प्रकाशित: ३ जेष्ठ २०७७, शनिबार

तपाइको प्रतिक्रिया

ताजा समाचार