ईमेल र भिडियो कलिङ्ग प्ल्याटफर्मबाट प्रयोगकर्ताको जानकारी सजिलै ह्याक गरिँदै

Technology Khabar ३ जेष्ठ २०७७, शनिबार

ईमेल र भिडियो कलिङ्ग प्ल्याटफर्मबाट प्रयोगकर्ताको जानकारी सजिलै ह्याक गरिँदै
सांकेतिक
Classic Tech

ईन्टरनेटको प्रयोग मानिसहरुको बिचमा बढिरहेको छ, अधिक सेवाहरु अनलाइन भइरहेको छ । अझ लकडाउनभएसँगै भिडियो कलिंगदेखि शपिंगसम्म, इन्टरनेटमा व्यक्तिहरूको निर्भरता द्रुत गतिमा बृद्धि भइरहेको छ। यस्तो अवस्थामा, ह्याकिङ्गको दायरा पनि बढ्दै गइरहेको छ र साइबर अपराधीहरूले यसको फाइदा लिइरहेका छन्।

नयाँ फिसिङ्ग अभियानहरू सुरू भइरहेका छन् र लोकप्रिय भिडियो कलिंग प्लेटफर्महरुबाट व्यक्तिहरूको संवेदनशील जानकारी चोरिरहेको भेटिएको छ। यो एकदम सजिलोसँग भईरहेको छ, किनकि धेरै व्यक्तिले सोच्दै नसोचि ईमेलहरू खोल्दछन् ।

पछिल्लो दिनहरुमा नाम चलेका र विश्वसनिय संस्थाहरुको नाममा नक्कली डोमेन दर्ता गर्ने क्रम बढेको भेटिएको छ ।

साइबर सुरक्षा एजेन्सी चेक पोइन्टका अनुसार हरेक हप्ता १ लाख ९२ हजार कोरोना भाइरस सम्बन्धी साइबर आक्रमणहरु भईरहेका छन् । अझ पछिल्ला तीन हप्ताहरूदेखि यो लगातार बढिहरेको छ।

चेक प्वाइन्टको रिपोर्टमा भनिएको छ कि गत तीन सातामा कोरोना भाइरस सम्बन्धी करीब २० हजार नयाँ डोमेनहरू दर्ता भएका छन्। यसमध्ये करिब १७ प्रतिशत डोमेनहरू गलत अभिप्रायले सिर्जना गरिएको आशंका गरिएको छ।

कोभिड१९ सँग सम्बन्धित धोखाधडी कोरोना भाइरसको शुरू भएदेखि नै शुरु भईसकेको थियो । गुगलले यसअघि नै प्रत्येक साता १ करोड ८० लाख भन्दा बढि मालवेयर र फिसिङ्ग ईमेल पठाइएको जानकारी दिएको छ जुन कोभिड१९ स्क्यामसँग सम्बन्धित छन् । यी सबै जीमेलमार्फत मात्र पठाईएका थिए ।

चेकप्वाइन्ट रिपोर्टका अनुसार साइबर क्रिमिनलहरूले हालसालै डब्लुएचओको जस्तो फेक डोमेन बनाएर ईमेलहरू पठाए र मानिसहरुलाई उनीहरूले फसाएका थिए । धेरै प्रयोगकर्ताहरूले त्यस्ता ईमेलहरूमा क्लिक गरेर मालवेयर डाउनलोड गर्दा प्रभावित भएका छन् ।

मेल बाहेक साइबर अपराधीहरूले भिडियो कलिङ्ग प्लेटफर्मलाई माध्यम बनाएर समेत यस्तो काम गरिरहेका छन्। जूम यी दिनहरूमा धेरै लोकप्रिय भएको छ, र यसकै नक्कली डोमेनहरू बनाएर मानिसको पासवर्डहरू चोरी भइरहेका छन्।

सुरुवातमा जूममा धेरै त्रुटिहरू रहेका थिए, जसको फाइदा लिएर ह्याकरहरूले जुम बैठकहरू पत्ता लगाउँथे र यसमा सक्रिय हुन सक्थे। यो मात्र होईन, त्यस्ता धेरै उदाहरणहरू देखिरहेका छौं जहाँ ह्याकरहरूले जूम वा अन्य भिडियो प्लेटफर्ममा ह्याक गर्ने गदर्छन् र यसमा अश्लील सामग्री राख्ने गर्दछन्।

केही हप्तामा नै जूमसँग जोडिएका २ हजार ५ सय भन्दा बढी डोमेनहरू दर्ता गरिएको भेटिएको छ । अनुसन्धान संस्थाको प्रतिवेदनअनुसार यी मध्ये १.५ प्रतिशत डोमेन गलत उद्देश्यहरुसहित दर्ता गरिएको थियो, जबकि १३ प्रतिशत शंकास्पद थिए । जनवरीदेखि अहिलेसम्म भिडियो कन्फेरेन्सिङ्ग एप जूमसँग सम्बन्धित भएका ६५७५ वटा डोमेनहरू विश्वव्यापी रूपमा दर्ता गरिएका थिए ।

फिसिङ्ग बाट बच्नका लागि तपाईँलाई कुनै तेस्रो पक्षको मध्यस्थता आवश्यक पर्दैन् वा तपाईंलाई कुनै उन्नत विधि आवश्यक पर्दैन् । केबल तपाईं होशियार हुनुपर्छ ।

कुनै पनि ईमेलमा आउने लटरी होस वा बै‌ंकिङ्ग वा कोरोना भाइरस बारेका दाबी गर्दै आउने ईमेलहरुमा ध्यान दिनुहोस् । र यस्तो ईमेलहरु जबसम्म तपाईं शतप्रतिशत निश्चित नभएसम्म नखोल्नुस् ।

यसका साथै ईमेलमा जोडिएका अट्याच फाइलहरुमा ध्यान दिनुस् र श‌कास्पद तपाईंले संलग्न कुनै पनि वेबसाइटको डोमेन नाम जाँच गर्नुहोस्। एजेन्सी

TK Viber

प्रकाशित: ३ जेष्ठ २०७७, शनिबार

Loading...