आगामी आर्थिक वर्षमा सेक्यूरिटी प्रिन्टिङ्ग प्रेस स्थापना गरिने

Technology Khabar २ जेष्ठ २०७७, शुक्रबार

आगामी आर्थिक वर्षमा सेक्यूरिटी प्रिन्टिङ्ग प्रेस स्थापना गरिने

काठमाडौं ।

सरकारले सुरक्षण मुद्रणको कार्यलाई आगामी आर्थिक वर्षमा थप बिस्तार गर्ने भएको छ । यसको लागि सरकारी सेक्यूरिटी प्रिन्टिङ्ग प्रेस स्थापना गर्ने घोषणा गरेको हो ।

आगामी आर्थिक वर्षको बजेटका लागि सरकारको नीति तथा कार्यक्रम घोषणा गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सुरक्षण मुद्रणको कार्य अगाडि बढाईने बताईन् ।

सुरक्षण मुद्रण छापाखाना स्थापना गरि अन्तशुल्क स्टीकर, हुलाक टिकट, जग्गाधनी प्रमाणपूर्जा र सार्वजनिक महत्वका सुरक्षण मुद्रण गरिनेछ, राष्ट्रपति भण्डारीले घोषणा गरिन् ।

easy care

प्रकाशित: २ जेष्ठ २०७७, शुक्रबार