आगामी २ वर्षभित्र सरकारी कारोबारलाई डिजिटल बनाईने, दूरसञ्चार पूर्वाधार कम्पनी स्थापना गरिने

Technology Khabar २ जेष्ठ २०७७, शुक्रबार

आगामी २ वर्षभित्र सरकारी कारोबारलाई डिजिटल बनाईने, दूरसञ्चार पूर्वाधार कम्पनी स्थापना गरिने
Classic Tech

आगामी आर्थिक वर्षमा सरकारले सञ्चार तथा सूचना प्रविधिको विकासलागि डिजिटल कारोबारलाई प्रबद्र्धन गर्ने कार्यक्रमहरु ल्याउने भएको छ ।

सरकारले आज संसदमा पेश गरेको नीति तथा कार्यक्रमअनुसार २ वर्षभित्र नगद कारोबारलाई निरुत्साहित गर्ने र सबै सरकारी कारोबारलाई डिजिटल बनाउने भएको हो ।

संघिय संसदको संयुक्त बैठकमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले डिजिटल कारोबारलाई बढाउन सरकारी भुक्तानी र कारोबारलाई नगदरहित बनाउने घोषणा गरिन् ।

त्यसैगरि इन्टरनेट सेवा सहज सुलभ गराउन सेवा प्रदायकको साझेदारीमा पूर्वाधार तयार गर्न पूर्वाधार कम्पनी बनाउने र प्रयोगमा ल्याउने घोषणा गरिन् ।
‘२ वर्षभित्र सबै सरकारी कारोबार नगद रहित बनाईने छ व्यक्ति व्यक्तिबिच कारोबार र सबै किसिमका व्यवसाीयक भुक्तानी विद्युतिय माध्यमबाट गर्न सकिने व्यवस्था गरिनेछ,’ राष्ट्रपति भण्डारीले घोषणा गरिन् ।

यसअघि नै सरकारले दूरसंचार पूर्वाधारको निर्माणका लागि पूर्वाधार कम्पनी खडा गर्ने तयारी गरिसकेको छ ।

TK Viber

प्रकाशित: २ जेष्ठ २०७७, शुक्रबार

Loading...