चिप निर्माता कम्पनी टिएसएमसीले अमेरिकामा १२ अर्ब डलर लगानी गर्ने

Technology Khabar २ जेष्ठ २०७७, शुक्रबार

चिप निर्माता कम्पनी टिएसएमसीले अमेरिकामा १२ अर्ब डलर लगानी गर्ने

चिप निर्माता कम्पनी टिएसएमसीले अमेरिकामा आफ्नो नयाँ प्लान्टमार्फत चीप उत्पादनलाईबिस्तार गर्नका लागि लगानी गर्ने घोषणा गरेको छ ।

पछिल्लो दिनमा अमेरिका र चीनबिच व्यापारीक सम्बन्ध खराब हुँदै गएको अवस्थामा अमेरिकी सरकारले विभिन्न कम्पनीहरुलाई अमेरिका भित्रै चिप उत्पादन गर्न अनुरोध गर्दै आएकोछ । सोहि अनुसार ताईवानी चिप निर्माता कम्पनीले अमेरिकामा आफ्नो प्लान्ट निर्माण गर्ने भएको छ ।

हाल कम्पनीले अमेरिकी संघिय सरकारको सहयोग र एरिजोना राज्यको सहयोग प्राप्त गर्ने भएपछि लगानी गर्न लागेको हो ।

टिएसएमसीले एरिजोनामा फ्यासिफिटी तयार पारेर सेमिकण्डक्टर वेफर तयारीका लागि ५नानोमिटर टेक्नोलोजी प्रयोग गर्नेछ ।

यहाँ २० हजार सेमिकण्डक्टर वेफर प्रति महिना तयार पारिनेछ जहाँ १,६०० उच्चतहका कर्मचारीहरु प्रत्यक्ष आबद्ध हुनेछन् भने हजारौं अप्रत्यक्ष रोजगारी सिर्जना हुने कम्पनीले बताएको छ।

सो फ्याक्ट्रि सन् २०२१ मा शुरु गरिने योजना रहेको छ भने सन् २०२४ सम्ममा उत्पादन शुरु गर्ने लक्ष्य छ । कम्पनीले यो फ्याक्ट्रिका लागि करिब १२ अर्ब डलर सन् २०२१ देखि २०२९ को अवधिमा लगानी गर्नेछ ।

अमेरिकी फ्याक्ट्रिले उपभोक्ता र पार्टसरहरुलाई थप सपोर्ट दिनुका साथै विश्वभरका ट्यालेन्टहरुका लागि थप अवसर सिर्जना गर्ने बताएको छ । यसले अमेरिकी सेमिकण्डक्टर ईकोसिस्टमलाई थप गतिशित बनाउने कम्पनीको भनाई छ ।

अमेरिकामा टिएसएमसीको फ्याब क्यामास र वासिंगटनमा रहेको छ भने अस्टिन, टेक्सास, सान जोसे, र क्यालिफोर्नियामा डिजाइन सेन्टरहरु रहेका छन् । एजेन्सी

प्रकाशित: २ जेष्ठ २०७७, शुक्रबार

Comments are closed.

Loading...