संस्थाको नाममा दर्ता रहेको डोमेन सरकारले अनधिकृतरुपमा लगेको आरोप, अहिले फिर्ता गरियो

Technology Khabar २ जेष्ठ २०७७, शुक्रबार

संस्थाको नाममा दर्ता रहेको डोमेन सरकारले अनधिकृतरुपमा लगेको आरोप, अहिले फिर्ता गरियो

काठमाडौं ।

अनलाइन शिक्षा प्रदान गर्दै आएको कम्पनी ईलर्निङ्ग प्रालिले आफ्नो डोमेन सरकारले प्रयोग गरेको आरोप लगाएको छ ।

कम्पनीले सन् २०१४ देखि संचालनमा आएको आफ्नो आधिकारीक डोमेन सरकारले गैर कानूनीरुपमा लगेको आरोप लगाएको हो ।

सो बारेमा ईलर्निंगले आफ्नो फेसबुक पेजमा सो बारेमा जानकारी राख्दै सरकारी डोमेन गलत किसिमले लगेको बताएको हो ।

ईलर्निङ्गले डट एनपी डोमेन दर्ता गरेकोमा सरकारले सो डोमेन बुधबारदेखि अनधिकृतरुपमा अपहरण गरेको दाबी गरेको हो ।

‘हाम्रो क्लाइन्ट संगठनको लागि हामीले विकास गरेका एउटा लर्निङ्ग म्यानेजमेन्ट सिस्टमहरुमध्ये हाम्रो आधिकारीक डोमन भित्र सब डोमेन संचालन गरिरहेको थियो । हिजो ईलर्निङ्ग डट ईडियू डट एनपीअन्तरगतको सब डोमेनमा पहुँच नभएको बतायो । जतिबेला हामीले विश्लेषण गर्यौै, हामी हाम्रो आधिकारीक डोमेन जानकारी नै नदिई परिवर्तन भएको थाहा पायौं, ‘कम्पनीले फेसबुकमा लेखेको छ ।

यसको बारेमा डोमेन दर्ता गर्ने कम्पनी मर्कन्टाइलसँग सम्पर्क गरेकोमा उसले कुनै परिवर्तन नगरिएको जानकारी दिएको कम्पनीले उल्लेख गरेको छ ।

सो डोमेनमा सरकारले हालै सार्वजनिक गरेको सिकाई चौतारीको कन्टेन्टहरु राखिएको पाईएको कम्पनीले बताएको छ ।

अहिले सो डोमेनमा क्लीक गर्दा पुन कम्पनीको बारेमा जानकारी उल्लेख गरेको देखिन्छ । कम्पनीले पनि सो डोमेन फिर्ता भएको जानकारी आफ्नो फेसबुक पेजमा दिएको छ ।

Global Bank
easy care

प्रकाशित: २ जेष्ठ २०७७, शुक्रबार

ताजा समाचार