Technology Khabar १ जेष्ठ २०७७, बिहीबार
काठमाडौं ।
इन्टरनेट सेवा प्रदायक संस्था नेपालले कोभिड-१९ को महामारीले गर्दा घरमै लकडाउनमा बसेको बेला आर्थिक र स्वास्थ्य सामाग्रीहरु सहयोग गरेको जानकारी दिएको छ ।
इन्टरनेट सेवा प्रदायक कम्पनीहरुको छाता संस्था इन्टरनेट सेवा प्रदायक संस्था नेपाल(आइस्पान)ले राष्ट्रिय आविस्कार केन्द्र र त्यसका मुख्य अभियन्ता महाविर पुनलाई ५ लाख रुपैयाँ नगद सहयोग गरेको छ ।
केन्द्रले कोरोना विरुद्ध लड्नको लागि चाहिने विभिन्न स्वास्थ्य सामाग्रीहरु निर्माण गरि निशुल्क उपलब्ध गराएको भन्दै सहयोग गरेको जानकारी दिएको छ ।
त्यसैगरि मानव आश्रम, भक्तपुरलाई निशुल्क खाना खुवाउने कार्य गरेको भन्दै आइस्पानले २ लाख १ हजार रुपैयाँ दिएको छ ।
यसबाहेक आइस्पानले ट्राफिक प्रहरी प्रभाग बग्गीखाना, महानगरीय प्रहरी आयुक्तको कार्यालय, काठमाडौं महानगरपालिका र नेपाल प्रेस काउन्सिलअन्तरगतका पत्रकारहरुलाई के९५ मास्क, सेनिटाइजर र पन्जाहरु उपलब्ध गराई सहयोग गरेको जनाएको छ ।
प्रकाशित: १ जेष्ठ २०७७, बिहीबार