चिनियाँ टेक जायन्ट ह्वावेमाथि लगाएको अमेरिकी प्रतिबन्ध थप १ वर्ष लम्बियो

Technology Khabar १ जेष्ठ २०७७, बिहीबार

चिनियाँ टेक जायन्ट ह्वावेमाथि लगाएको अमेरिकी प्रतिबन्ध थप १ वर्ष लम्बियो
Classic Tech
Nepal Telecom

चिनियाँ टेक जायन्ट ह्वावेलाई अमेरिकाले थप १ वर्षको प्रतिबन्ध लगाएको छ । यसअघि गत वर्ष ह्वावे टेक्नोलोजीज कम्पनी लिमिटेडलाई अमेरिकी सरकारले कालोसूचीमा राखेर कारोबार गर्न प्रतिबन्ध लगाएको थियो ।

गएको २०१९ मे १५ तारिखमा घोषणा गरिएको ‘नेशनल इमर्जेन्सी’अन्तरगत राष्ट्रिय सुरक्षा जोखिम भएको भन्दै अमेरिकाले थप १ वर्ष ह्वावेलाई प्रतिबन्ध लगाएको हो।

सूचना र दूरसञ्चार सेवाहरुलाई जोखिमहरुबाट जोगाउन लगाईएको राष्ट्रिय संकटकाल थप १ वर्ष बिस्तार गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेका हुन् ।

सो सुरक्षा संकटकालअन्तरगत ह्वावेसमेत समावेश हुनेछ भने सो कम्पनीले अबको १ वर्षसम्म कुनैपनि अमेरिकी कम्पनीहरुसँग कारोबार गर्न पाउने छैन् ।

यसअन्तरगत ह्वावेको एन्ड्रोयड सेवाका लागि गूगल सर्भिसेज प्रयोग गर्न पाउने छैन् । यहि कारणले गर्दा कम्पनीले आफ्नै नयाँ एप ईकोसिस्टम विकास गरिरहेको छ भने ह्वावे एप ग्यालरी लन्चका साथमा ह्वावे मोबाइल सर्भिसेजले प्रतिस्थापन गर्ने बताएको छ ।

बिस्तारीत प्रतिबन्धका कारण आगामी दिनमा समेत ह्वावेलाई आफ्ना डिभाइसहरु तथा सेवाहरु अमेरिकासहित विभिन्न पश्चिमा मुलुकहरुमा बिक्री गर्न कठिन हुनेछ ।

विशेषगरि स्मार्टफोनहरुमा गूगल सर्भिसेज नहुँदा युरोपेली मुलुकहरुमा बिक्रीमा असर पार्नेछ । एजेन्सी

TK Viber

प्रकाशित: १ जेष्ठ २०७७, बिहीबार

Loading...