भाइबरमा च्याटबाटै एनएमबी बैंकमा खाता र मुद्दती निक्षेप खोल्न सकिने

Technology Khabar १ जेष्ठ २०७७, बिहीबार

भाइबरमा च्याटबाटै एनएमबी बैंकमा खाता र मुद्दती निक्षेप खोल्न सकिने

फेसबुक म्यासेन्जरबाटै खाता खोल्ने योजना सफलतापूर्वक सञ्चालन भएसंगै एनएमबी बैंकले अब घरमै बसी भाइबरमा च्याट गरेर पनि खाता र मुद्दती निक्षेप गर्न सकिने सेवा ल्याएको छ ।

डिजिटल बैंकिङ्ग सेवाको क्षितिज अभिवृद्धि गर्दै ग्राहकवर्गलाई सहजता प्रदान गर्नु बैंकको प्राथमिकता रहेको भन्दै घरबाटै आरामपूर्वक बैंकिङ्ग गतिविधिहरु रोज्न सक्ने उपयूक्त माध्यम निर्माण गर्ने कार्यदिशातर्फ उन्मुख हुने क्रममा भाइबरबाट खाता खोल्ने सेवा सुरु गरेको बताएको छ।

ग्राहकहरुलाई बैंकिङ्ग अनुभवहरु प्रिष्कृत भएको महसुस गर्न भाइबरकै प्रयोगले खाता र मुद्दती निक्षेप खोल्ने नवीनतम र सुविधाजनक सेवाहरु ल्याईएको हो ।

अहिलेको अवस्थामा यो सेवाको सुरुवात गर्नु सुरक्षाको मामलामा कुनै सम्झौता बिना ग्राहकलाई वित्तीय कारोवारहरु सम्पादन गर्न सहयोग पुर्याउने एक महत्वपूर्ण योजना भएको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: १ जेष्ठ २०७७, बिहीबार

Comments are closed.

Loading...