ट्विटरका कर्मचारीहरुलाई अब स्थाईरुपमा घरबाटै काम गर्नसक्ने सुबिधा

Technology Khabar ३१ बैशाख २०७७, बुधबार

ट्विटरका कर्मचारीहरुलाई अब स्थाईरुपमा घरबाटै काम गर्नसक्ने सुबिधा
Global IME Bank

काठमाडौं ।

ट्विटरका कर्मचारीले अब स्थाईरुपमा नै घरबाट काम गर्न पाउने भएका छन् । हालै ट्विटर सिईओ ज्याक डोर्सीले आफ्ना कर्मचारीहरुलाई अनिश्चितकाल सम्मका लागि घरबाटै काम गर्न दिने बताएका हुन् ।

अब ट्विटरका कर्मचारीले कोभिड-१९ को महामारी सकिएपछि पनि घरबाट नै कामगर्न सक्नेछन् ।

सिईओ डोर्सीले मंगलबार आफ्ना कर्मचारीहरुलाई ईमेल पठाउँदै ट्विटरको कार्यालयहरु आगामी सेप्टेम्बरभन्दा अगाडि नखोलिने स्पष्ट पारेका छन् ।

यसअघि ट्विटरले गत मार्चदेखि घरबाटै कामगर्न वर्क फ्रम होमको सुबिधा दिएको थियो । तर त्यसमा अत्यावश्यक काममा खटिने कर्मचारीहरु भने कार्यालयमा नै आउनुपर्ने हुन्छ ।

कम्पनीका प्रवक्ताले यसअघिदेखि नै आफूहरुले घरबाट काम गर्नसक्ने प्रमाणित भएको भन्दै कम्पनीले आफ्ना कर्मचारीहरुलाई जहाँसुकैबाट काम गर्न समर्थन गरेको बताए ।

‘कार्यालय खोल्ने हाम्रो निर्णय हुनेछ जबकी हाम्रा कर्मचारीहरु कहिले आउँछन उनीहरुको नै मर्जी हुनेछ,’ प्रवक्ताले भने ।

ट्विटरले व्यवसायीक यात्रालाई यो वर्षभरी स्थगित गरेको स्मरण गराएको छ भने यो वर्षभरी कुनैपनि भौतिक कार्यक्रमहरु आयोजना नगर्ने स्पष्ट पारेको छ । एजेन्सी

Sajilo Visa

प्रकाशित: ३१ बैशाख २०७७, बुधबार

तपाइको प्रतिक्रिया

ताजा समाचार