Technology Khabar ३० बैशाख २०७७, मंगलवार
काठमाडौं ।
चिनियाँ स्मार्टफोन निर्माता भीभोले भारतमा भीभो भी१९ स्मार्टफोन लन्च गरेको छ । यो स्मार्टफोनमा डुअल पंचहोल सेल्फी क्यामरा राखिएको छ।
दुई भेरियन्ट्समा आएको यस स्मार्टफोन ८ जीबी र्यामका साथ १२८ जीबी स्टोरेज र दोस्रो संस्करणमा ८ जीबी र्यामका साथ २५६जीबी भण्डारण छ।
यो कम्पनीको पहिलो स्मार्टफोन हो जसमा पन्च होल क्यामरा सेटअप रहेको छ ।
यस स्मार्टफोनमा ६.४४ इन्च फुल एचडी प्लस सुपर एमोलेड डिस्प्ले राखिएको छ। यसको स्क्रीन रिजोलुशन १०८०x२४०० पिक्सेल रहेको छ । फोनमा अन्डर डिस्प्ले फिंगरप्रिन्ट स्क्यानर रहेको छ । भीभोको नयाँ फोन क्वालकम स्न्यापड्रागन ७१२ अक्टाकोर चिपसेटमा आधारित रहेको छ।
फोटोग्राफीका लागि फोनमा क्वाड रियर क्यामरा सेटअप दिइएको छ । यसमा ४८ मेगापिक्सेलको प्राइमरी सेन्सर छ, जबकि ८ मेगापिक्सेल वाइड-एंगल क्यामरा, २ मेगापिक्सेलको बूके इफेक्ट र २ मेगापिक्सेलको म्याक्रो लेन्स छ । फोनको फ्रन्टमा सेल्फीका लागि ३२ मेगापिक्सेलको प्राइमरी क्यामरा र २ मेगापिक्सेलको वाइड एंगल क्यामरा छ। फोनको अगाडि र पछाडिको क्यामरामा दुबै सुपर नाइट मोड र अल्ट्रा स्टेबल भिडियो सपोर्ट राखिएको छ ।
यस स्मार्टफोनमा लो ब्राइटनेस एन्टि-फ्लिकर टेक्नोलोजी राखिएको छ जसले अन्धकारमा आँखालाई असर नपार्ने कम्पनीको दाबी छ ।
पावरका लागि भीभो भी१९ मा ४५०० एमएएच ब्याट्री छ र यो ३३ वाट फास्ट चार्जिंग सपोर्टको साथ आउँदछ । भीभोको दाबीअनुसार भी१९ इनबक्स चार्जर प्रयोग गरेर ४० मिनेटमा ० देखि ७० प्रतिशतसम्म चार्ज हुनेछ ।
कम्पनीले भारतमा भीभो भी१९ को बजार मूल्य १२८ जीबी स्टोरेज अप्सनको लागि २७९९० भारु र २५६ जीबी स्टोरेज अप्सनको लागि ३१९९०भारु तोकेको छ ।
प्रकाशित: ३० बैशाख २०७७, मंगलवार