कोभिड-१९ बारे गलत जानकारी लेखिएको कुनैपनि ट्वीटमा लेबल र चेतावनी संदेश राखिने

Technology Khabar ३० बैशाख २०७७, मंगलवार

कोभिड-१९ बारे गलत जानकारी लेखिएको कुनैपनि ट्वीटमा लेबल र चेतावनी संदेश राखिने
Classic Tech

ट्विटरले कोभिड-१९ सँग सम्बन्धित गलत र भ्रामक सूजनाहरुलाई लेबल लगाउने र केहि ट्वीटहरुमा चेतावनी राखिने योजना रहेको बताएको छ ।

कम्पनीले विश्वका जो सुकै ट्विटर प्रयोगकर्ता र विश्वका प्रमुख नेताहरुले पनि ट्विटरमा भ्रामक र गलत सूचना दिएको खण्डमा त्यसलाई वार्निङ्ग मेसेज राखिने बताएको छ ।

ट्विटरले हालै भ्रामक सूचनाबारेको नियमलाई अपडेट गर्दै नयाँ नियम ल्याएको जानकारी दिएको छ ।

‘सार्वजनिक कुराकानीलाई सेवा गर्दै, हाम्रो उद्धेश्य भनेको ट्विटरमा विश्वसनिय सूचना सजिलै प्राप्त गर्नुहो र संभावित जोखिमयुक्त र भ्रामक कन्टेन्टलाई फैलनबाट सिमित गर्नुहो,’ कम्पनीले ब्लगमा भनेको छ ।

यसको लागि ट्विटरले सोमबारदेखि नै नयाँ नियम जारी गरेको हो ।

जसअन्तरगत गलत र भ्रामक जानकारी दिईएका ट्वीटहरुमा नयाँ लेबल्स र वार्निङ्ग मेसेज राखिनेछ ।

गएको मार्चमा कोभिड-१९सँग सम्बन्धित त्यस्ता ट्वीटहरुलाई हटाईने घोषणा गरेको थियो जसले मानिसहरुको स्वास्थ्य वा मानव कल्याणलाई सिधै जोखिममा पार्नेछ ।

नयाँ लेबल्स र वार्निङ्ग मेसेजमार्फत कम्पनीले कोभिड-१९ को बारेमा सहि तथ्य र जानकारी भएको साइटहरुको लिंक राख्नेछ । जसले सहित सूचना र जानकारीहरु प्रदान गर्नेछ।

‘यी लेबलहरु जसले भ्रामक सूचना शेयर गरिरहेको छ ती सबैको लागि लागि हुनेछ जसमा हाम्रो नीतिको मापदण्ड पुग्नेछ, विश्वका नेताहरुसमेत समावेश हुन्छन्,’ ट्विटरका साइट इन्टिग्रिटी प्रमुख योएल रोथले ट्वीटमा एक प्रश्नको जवाफ दिँदै भनेका छन् ।

यस्तो ट्वीटहरुलाई तीन किसिमले वर्गिकरण गरिएको छ जसमा-

  • भ्रामक जानकारी
  • बिबादास्पद दाबी
  • अप्रमाणित दाबी

एजेन्सीका साथ

TK Viber

प्रकाशित: ३० बैशाख २०७७, मंगलवार

Loading...