आईफोन १२ सिरिज- पावरफुल ब्याट्री, नयाँ डिजाईन, सुधारिएको क्यामरा र फेस आईडी

Technology Khabar ३० बैशाख २०७७, मंगलवार

आईफोन १२ सिरिज- पावरफुल ब्याट्री, नयाँ डिजाईन, सुधारिएको क्यामरा र फेस आईडी

काठमाडौं ।

एप्पलको नयाँ आईफोन सामान्यतया सेप्टेम्बरमा लन्च हुने गर्दछ। तर यस पटक स्थिति अलि फरक छ, विश्वभर कोरोना भाइरसको कारण लकडाउन छ।

यस्तो अवस्थामा सायद कम्पनीले कुनै पनि फिजिकल इभेन्ट बिना नै नयाँ आईफोन सार्वजनिक गर्न सक्नेछ वा कम्पनीले नयाँ आईफोनको लन्च मिति सार्ने अनुमानहरु पनि आईरहेका छन् ।

निकै अघिदेखि आईफोन १२ सम्बन्धी जानकारीहरु लीक हुन थालेको छ र पछिल्लो जानकारीका अनुसार कम्पनीले आईफोन ११ श्रृंखलाको तुलनामा आईफोन १२ सिरिजमा केही ठूला परिवर्तनहरू गर्न गईरहेको छ।

हालै आएको जानकारीअनुसार, आईफोन १२ सीरीजमा १२० हर्जको डिस्प्ले  उपलब्ध हुनेछ। किनकि प्राय सबै ठूला कम्पनीहरूले आफ्ना फ्ल्यागशिप स्मार्टफोनहरुमा ९० हर्जदेखि १२० हर्जसम्मको डिस्प्ले राखिरहेका छन्, त्यसैले एप्पललाई पनि यस्तो दबाब रहेको छ।

दावीअनुसार नयाँ आईफोन १२ प्रोमा ४,००० एमएएचको ब्याट्री राखिनेछ, यसअघि गत वर्ष सार्वजनिक भएको आईफोन ११ प्रो म्याक्सको ब्याट्री ३,९६९ एमएएचको मात्र छ ।

डिस्प्लेको बारेमा कुरा गर्दा आईफोन १२ सिरिज मा ६.१ र ६.७ इन्च डिस्प्ले कम्पनीले ल्याउने अनुमान गरिएको छ । रिपोर्टका अनुसार प्रो मोशन स्क्रीन्समा डायनैमिक रिफ्रेश रेट स्विचिंग प्रदान गरिनेछ, जसले तपाईं ६० हर्जबाट १२० हर्जमा स्विच गर्न सक्नुहुनेछ ।

कम्पनीले आईफोन १२ सिरिजका साथ सुधारिएको फेस आईडी ल्याउने छ। यो दाबी गरिएको छ कि यस पटक फेस आईडीमा यस्तो तरिकाले सेन्सर डिजाईन गरीएको हुनेछ जसले वाइडर रेंज फेस एंगलका साथ फोन अनलक गर्न सकिन्छ।

आईफोन १२ प्रोको रियर क्यामेरामा पनि ठूलो अपग्रेड देखिने छ। यस पटक कम्पनीले लाईडार अर्थात् लाईट डिटेक्शन एण्ड रेन्जिङ्ग स्क्यानर राख्नेछ, वास्तवमा यसले उत्कृष्ट अटोफोकस तथा अगेमेंटेड रियालिटीलाई संभव बनाउनेछ। यसका साथै कम्पनीले क्यामरामा ३एक्स जूम फीचर राख्नेछ ।

नयाँ आईफोनको डिजाईन हेर्दा आईप्याड प्रोको जस्तै देखिनेछ ।कम्पनीले यो वर्ष ४ नयाँ आईफोनहरु ल्याउने अनुमान गरिएको छ । जसमा सस्तो मोडल ५.४ इन्चको हुनेछ र मूल्य अहिलेको आईफोन ११ भन्दा थप सस्तो हुने अनुमान गरिएको छ । एजेन्सी

 

Global Bank
easy care

प्रकाशित: ३० बैशाख २०७७, मंगलवार

ताजा समाचार