कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई अनलाइनबाटै अध्ययन गर्न ‘सिकाइ चौतारी’, यसरी गर्नुस् प्रयोग

Technology Khabar २९ बैशाख २०७७, सोमबार

कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई अनलाइनबाटै अध्ययन गर्न ‘सिकाइ चौतारी’, यसरी गर्नुस् प्रयोग

सरकारले कक्षा १ देखि १० सम्मका विद्यार्थीका लागि अनलाइनबाटै अध्ययन तथा सिकाउनका लागि शैक्षिक सामग्रीहरु उपलब्ध गराएको छ।

लकडाउनका कारण देशभर विद्यार्थीको पढाई प्रभावित भइरहेको बेला शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको शिक्षा तथा मानव श्रोत विकास केन्द्रले अनलाइन अध्ययन सामग्रीकोरुपमा ‘सिकाइ चौतारी’ सञ्चालनमा ल्याएको हो।

सिकाइ चौतारीमा विद्यार्थीहरुलाई रमाईलोसँग पढ्न र बुझ्नका लागि विभिन्न भिडियो सामग्री, पुस्तक, खेल सामग्री लगायतका विषयवस्तुहरु समावेश गरिएको छ।

त्यस बाहेक तीन तहका कथाहरुका साथै विद्यार्थीहरुका लागि अभ्यास पुस्तिकासमेत उक्त अनलाइन लर्निङ प्लेटफर्ममा राखिएको छ ।

यसरी प्रयोग गर्नुस्
शिक्षा तथा मानव श्रोत विकास केन्द्रले तयार पारेको सामाग्रीहरु पढ्नका लागि http://learning.cehrd.gov.np/ वेबसाइटमा जानुपर्ने हुन्छ । यस अनलाइन सिकाई चौतारीमा तपाईंले कथा संग्रहसहित कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुका लागि कक्षा लेखिएको पाउनुहुनेछ ।

अब तपाईंको कक्षा अनुसारको स्थानमा क्लिक गर्नुहोस्। त्यसपछि भित्र तपाईँलाई मनपरेको विषयको बारेमा जानकारी पाउन सक्नुहुन्छ ।

अब कक्षा छनौट गरिसकेपछि कक्षा लेखिएको पछाडिको बटनमा जानु भयो भने त्यहाँ तपाईंले उपलब्ध विषय फेला पार्न सक्नुहुन्छ । जसबाट आफूले अध्ययन गर्न चाहेको विषयसँग सम्बन्धित अध्ययन तथा सिकाई सामग्री प्रयोग गर्न सक्नुहुन्छ ।

कक्षा र विषयको मुनि रहेको आकाशे रंगको लाइनमा तपाईंले छनौट गरेको विषयका पाठहरु क्रमशः देखिनेछ । त्यसको दायाँ छेउमा हेर्नु भयो भने त्यहाँ सम्बन्धित विषयको पुस्तक समेत फेला पार्न सक्नुहुन्छ ।

यदि तपाईं अंग्रेजीमा यो प्लेटफर्म प्रयोग गर्न चाहनुहुन्छ भने दायाँ तर्फ माथी कुनामा तल तर्फ फर्केको एरोमा क्लिक गर्नुहोस् । जहाँ नेपाली र अ‌ंग्रेजी भाषा छनौटको सुबिधा दिईएको छ ।

यसमा विद्यार्थीहरुका लागि पाठ र अभ्यास समेत उपलब्ध रहेको छ ।

यहाँ नेपाली र अंग्रेजी दुवै भाषामा निर्देशनहरु दिइएको तथा अन्तरक्रियात्मक अनलाइन प्रणाली भएकाले विद्यार्थीहरुले सहजै यसको प्रयोग गरेर पढ्न सक्दछन् ।

प्रकाशित: २९ बैशाख २०७७, सोमबार

Comments are closed.

Loading...