ह्वावेद्धारा अण्डर डिस्प्ले क्यामरा पेटेन्टका लागि निवेदन

Technology Khabar २९ बैशाख २०७७, सोमबार

ह्वावेद्धारा अण्डर डिस्प्ले क्यामरा पेटेन्टका लागि निवेदन

काठमाडौं ।

ह्वावे टेक्नोलोजीज कम्पनी लिमिटेडले अण्डर डिस्प्ले क्यामराको लागि पेटेन्ट निवेदन दिएको छ । कम्पनीले स्ट्रक्चर, क्यामरा मोडुल र टर्मिनल इक्यूपमेन्ट फर हिडेन फ्रन्ट क्यामरा शिर्षकमा गएको मार्चमा पेटेन्ट निवेदन दर्ता गराएको हो।

कम्पनीले भने अनुसार यो अण्डर स्क्रीन क्यामराको लागि लिईने पेटेन्ट हो।

पेटेन्टकाअनुसार यूटिलिटी मोडेलले फ्रन्ट क्यामरा, क्यामरा मोडुल र टर्मिनल डिभाइस छोड्नका लागि स्ट्रक्चर प्रदान गर्दछ।

सो स्ट्रक्चरमा लाइट गाइड प्लेट पनि समावेश रहेकोछ जून फ्रन्ट क्यामरा र कभर ग्लासको बिचमा हुन्छ। यसका साथै त्यहाँ लाइट गाइडको प्रोजेक्सन पनि रहेको छ।

सो पेटेन्ट निवेदनमा कसरी क्यामरा राखिने छ र डिस्प्लेमा के असर हुनेछ भन्ने बारेमा बिस्तृतमा जानकारी राखिएको छ।

अण्डर स्क्रीन क्यामरा राख्न स्मार्टफोन कम्पनीहरुले निकै मेहनत गरिरहेका छन् । तर सफलता हात लागेको छैन्।

यो वर्ष केहि कम्पनीहरुले अण्डर स्क्रीन क्यामरायुक्त स्मार्टफोन ल्याउन सक्ने अनुमान गरिएको छ। तर कहिले फ्ल्यागशिप मोडलहरुमा यो प्रयोग हुन्छ भन्ने जानकारी छैन्। एजेन्सी

easy care

प्रकाशित: २९ बैशाख २०७७, सोमबार