भीभो भी१९ स्मार्टफोन भारतमा लन्च हुँदै, नेपाली बजारमा यो फोन कहिले आउला

Technology Khabar २९ बैशाख २०७७, सोमबार

भीभो भी१९ स्मार्टफोन भारतमा लन्च हुँदै, नेपाली बजारमा यो फोन कहिले आउला

काठमाडौं ।

भीभो भी१९ स्मार्टफोनलाई सबैभन्दा पहिले भारतीय बजारमा लन्च गर्ने तयारी गरिएको थियो । तर कोरोना भाइरस महामारीको कारण भारतमा यस स्मार्टफोनको लन्चिङ्ग दुई पटक स्थगित गरियो ।

अब लामो प्रतिक्षापछि भीभो भी१९ स्मार्टफोन ग्लोबल लन्चपछि मे १२ मा भारतमा लन्च गरिनेछ ।

यो ह्यान्डसेट पियानो ब्ल्याक र मिस्टिक सिल्वर कलर अप्सनमा आउनेछ। भीभो भी१९ पहिले नै सुरू गरिसकिएको छ । तर भारतमा लन्च हुने भर्सन त्यस भन्दा फरक हुने अनुमान गरिएको छ ।

भीभो भी१९ स्मार्टफोनको भारतीय संस्करणमा पनि अन्तर्राष्ट्रिय भेरियन्टका फीचरहरु हुने अपेक्षा गरिएको छ। फोनमा ६.४४ इन्चको फुल एचडी प्लस डुअल आईभ्यू ई३ सूपर एमोलेड डिस्प्ले हुनेछ । फोनमा क्वालकम स्न्यापड्र्यागन ७१२ प्रोसेसर, ८ जीबी र्याम र २५६ जीबी स्टोरेज हुनेछ ।

फोटोग्राफीका लागि भीभो भी१९ मा पछाडि क्वाड क्यामरा सेटअप हुनेछ। ह्यान्डसेटमा ४८ मेगापिक्सलले प्राइमरी, ८ मेगापिक्सलको सुपर-वाइड एंगल, २ मेगापिक्सल म्याक्रो र २ मेगापिक्सलको डेप्थ सेन्सर लेन्स हुनेछ।

फोनमा डुअल पंच होल कटआउट स्क्रीन डिजाइन हुनेछ जसमा अगाडि ३२ मेगापिक्सेल लेन्सको साथमा ८ मेगापिक्सलको वाइड एंगल लेन्स सेल्फीका लागि हुनेछ ।

फोनमा ४५०० एमएएचको ब्याट्री पावर राखिने गरिने छ। यसमा ३३वाटको फ्ल्यास चार्ज २.० प्रविधिलाई सपोर्ट गर्दछ । यसमा इन-डिस्प्ले फिंगरप्रिन्ट स्क्यानर हुनेछ । फोन एन्ड्रोइड १० मा आधारित फनटच ओएस १० मा संचालन हुनेछ ।

भारतमा मे १२ मा लन्च हुने भीभो भी१९ स्मार्टफोन त्यसपछि भने नेपालमा पनि उपलब्ध हुनेछ । नेपाली बजारमा भीभो भी१९ हालको लकडाउन खुला भएपछि र बजारमा मोबाइल कारोबार हुन थालेपछि मात्र लन्च हुनेछ ।

नेपाली बजारमा स‌ंभवत जून/जुलाईको समयमा लन्च हुने अनुमान गरिएको छ ।

यसअघि भीभोले लन्च गरेको भी १७ प्रो बजारमा सफल फोनमध्ये एक थियो । जसमा कम्पनीले विश्व बजारमा पहिलो पटक पपअप सेल्फी क्यामरा डिजाइन ल्याएको थियो ।

 

easy care

प्रकाशित: २९ बैशाख २०७७, सोमबार