मोबाइल ब्राण्ड सामसङले सामसङ पे डेबिट कार्ड विश्व बजारमा ल्याउँदै

Technology Khabar २६ बैशाख २०७७, शुक्रबार

मोबाइल ब्राण्ड सामसङले सामसङ पे डेबिट कार्ड विश्व बजारमा ल्याउँदै

काठमाडौं ।

सामसङले यो गर्मीको मौसममा सामसङ पे डेबिट कार्ड लन्च गर्नेतयारी गरेको छ । कम्पनीले अमेरिकन अनलाइन पर्सनल फाइनान्स कम्पनी सोफीसँग मिलेर ल्याउन लागेको हो । जसमा क्यास म्यानेटमेन्ट एकाउन्टका लागि सोफीसँग सहकार्य गर्नेछ।

कम्पनीको यो कदम आफ्नो सेवा बिस्तारका लागि रिवार्ड कार्यक्रम अन्तरगत आएको हो । जसमा पसलहरुलाई रिवार्ड गर्ने र भुक्तानी गर्नका लागि प्रयोग हुनेछ भने यो रकम व्यवस्थापनका लागि समेत उपयोगी हुनेछ ।

गत वर्षहरुदेखि नै कम्पनीले मोबाइलमा आधारित रकम व्यवस्थापन प्लेटफर्म विकास गर्नमा व्यस्त रहँदै आएको छ ।

यसको भिजन भनेको उपभोक्ताहरुलाई व्यवस्थापन सहयोग गर्नुहो जसले गर्दा उनीहरुले आफ्नो सपना र लक्ष्यहरु हासिल गर्न सकुन् । एजेन्सी

easy care

प्रकाशित: २६ बैशाख २०७७, शुक्रबार

ताजा समाचार