मोबाइल ब्रोडब्याण्ड सेवा प्रयोगकर्ताहरुको संख्या बढेपनि समग्र ब्रोडब्याण्ड सेवाको पहुँचमा कमी

Technology Khabar २६ बैशाख २०७७, शुक्रबार

मोबाइल ब्रोडब्याण्ड सेवा प्रयोगकर्ताहरुको संख्या बढेपनि समग्र ब्रोडब्याण्ड सेवाको पहुँचमा कमी

काठमाडौं ।

नेपालमा ब्रोडब्याण्ड प्रयोगकर्ताहरुको संख्या र पहुँच दुबैमा कमी आएको छ । हालै नेपाल दूरसंचार प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार पुुसदेखि माघ महिनाको बिचमा ब्रोडब्याण्ड पहुँचमा कमी देखिएको हो ।

सार्वजनिक तथ्यांकअनुसार माघ महिनामा कुल ब्रोडब्याण्डको पहुँच ७१.७६ प्रतिशत रहेकोछ । जबकी यस्तो पहुँच पुस महिनामा ७२.१६ प्रतिशत रहेको थियो । समग्रमा ब्रोडब्याण्डमा शुन्य दशमलब ४ प्रतिशतले घटेको छ ।

यसका साथै मोबाइल ब्रोडब्याण्ड र फिक्स्ड ब्रोडब्याण्ड वायरलेसमा पनि कमी आएको छ ।

प्राधिकरणको तथ्यांकअनुसार माघ महिनामा मोबाल ब्रोडब्याण्ड ५४.९० प्रतिशत रहेको छ जबकी यस्तो पहुँच पुस महिनामा ५५.३० प्रतिशत रहेको थियो । एक महिनाको अन्तरमा मोबाइल ब्रोडब्याण्डमा शुन्य दशमलब ४ प्रतिशतको कमी देखिएको छ ।

फिक्स्ड ब्रोडब्याण्ड वायर्डमा भने झिनो वृद्धि मात्र देखिएको छ । जसमा करिब शुन्य दशमलब शुन्य १ प्रतिशतले बढेर १६.११ प्रतिशत पुगेको छ ।

ब्रोडब्याण्ड मध्ये नेपाल टेलिकमको एडिएसएल र एफटिटिएचका ग्राहकहरु घटेको छ भने इन्टरनेट सेवा प्रदायकहरुको तर्फ फिक्स्ड ब्रोडब्याण्ड वायरलेसका ग्राहकहरुको संख्या घटेको छ ।

टेलिकमको एडिएसएलका ग्राहकहरु पुस महिनामा ९ लाख ६९ हजार ८०२ ग्राहकहरु मध्ये माघ महिनामा घटेर ९ लाख ५५ हजार ४४६ मा झरेको छ । त्यसैगरि एफटिटिएचका ग्राहकहरु पुस महिना १ लाख ८ हजार १५५ जना सेवाग्राही भएकोमा माघ महिनामा ९७ हजार ४२५ जनामा झरेका छन् ।

ब्रोडब्याण्ड पहुँचमा कमी आएपनि माघ महिनामा ब्रोडब्याण्ड प्रयोगकर्ताहरुको संख्यामा भने वृद्धि भएको छ । माघ महिनामा कुल ब्रोडब्याण्ड प्रयोगकर्ताहरु २ करोड १४ लाख ४० हजार ६४४ जना पुगेकाछन जबकी यस्तो संख्या पुस महिनामा २ करोड १२ लाख ९८ हजार ११ जना रहेको थियो ।

Global Bank
easy care

प्रकाशित: २६ बैशाख २०७७, शुक्रबार

ताजा समाचार