फेसबुकले ओभरसाइट बोर्ड गठन गर्यो, सीईओ जुकरबर्गको निर्णयलाई पनि खारेज गर्नसक्ने

Technology Khabar २६ बैशाख २०७७, शुक्रबार

फेसबुकले ओभरसाइट बोर्ड गठन गर्यो, सीईओ जुकरबर्गको निर्णयलाई पनि खारेज गर्नसक्ने

काठमाडौं ।

फेसबुकले ओभर साइटबोर्ड स्थापना गर्ने घोषणा गरेको छ। यो फेसबुकको ‘सर्वोच्च अदालत’ को रूप मा मानिनेछ।

बोर्डमा एक पूर्व प्रधानमन्त्री, एक नोबेल शान्ति पुरस्कार र धेरै संवैधानिक कानून विज्ञहरू र यसका २० सदस्यका लागि अधिकारकर्मीहरू सम्मिलित हुनेछन् जसले कम्पनीका सीईओ मार्क जुकरबर्गको निर्णयलाई पनि खारेज गर्न सक्नेछन्।

फेसबुकको ‘ओभरसाइट बोर्ड’ ठीक ‘सर्वोच्च अदालत’ ले जस्तै कार्य गर्दछ । यस बाेर्डले अभिव्यक्ति स्वतन्त्रता र मानव अधिकारको आधारमा निर्णय लिनेछ । यस बोर्डको उद्देश्य फेसबुक र इन्स्टाग्रामबाट गलत विषयहरु (अश्‍लील वा विवादास्पद पोष्टहरू) हटाउने तथा स्वच्छ र सफा वातावरण सिर्जना गर्नु हो । यो बोर्ड दुबै प्लेटफर्मका पोष्ट वा सामग्रीहरुसँग जोडिनेछ।

फेसबुक र इन्स्टाग्राममा, सामाग्री कसरी राखिनेछ वा कुन सामग्रीहरु हटाउनुपर्नेछ भन्ने विषय यो ओभरसाइट बोर्डको निर्णयबाट हुनेछ । यस बाहेक यस बोर्डले सामग्री, पोष्टहरू, कसैको प्रोफाइल साथै फेसबुक र इन्स्टाग्राममा विज्ञापनहरूको अनुगमन समेत गर्नेछ।

यस निरीक्षण बोर्डमा २०जना विशेष व्यक्तिहरु नियुक्त गरिएको छन । जसले ठूलो संख्यामा मानिसहरूलाई प्रभाव पार्ने यस्ता मामिलाहरूलाई समाधान गर्नेछ। बोर्डसँग अधिकतम ९० दिनको समय हुनेछ । यद्यपि बोर्डले यसको निर्णय छिट्टै लिन पनि सक्दछ, तर यो बोर्डले कुनै पनि सरकारी नीतिमा हस्तक्षेप गर्न सक्नेछैन् ।

अहिले यो बोर्डले फेसबुक र इन्स्टाग्रामको लागि मात्र काम गर्दछ । तर कम्पनीले भविष्यमा आफ्ना अन्य प्लेटफर्मको लागि यसलाई प्रयोग गर्न सक्नेछ । एजेन्सी

 

easy care

प्रकाशित: २६ बैशाख २०७७, शुक्रबार