मोबाइल गेम पबजीको नयाँ अपडेट सार्वजनिक, नयाँ म्यापका साथमा यस्ता छन अन्य विशेषताहरु

Technology Khabar २६ बैशाख २०७७, शुक्रबार

मोबाइल गेम पबजीको नयाँ अपडेट सार्वजनिक, नयाँ म्यापका साथमा यस्ता छन अन्य विशेषताहरु

काठमाडौं ।

मोबाइल गेम पबजीले नयाँ अपडेट ०.१८.० जारी गरेको छ । यो नयाँ अपडेटलाई प्लेयरहरुले निकै समयदेखि प्रतिक्षा गरिरहेका थिए ।

कम्पनीले नयाँ अपडेटको बारेमा ट्विटरमार्फत जानकारी दिएको हो ।

नयाँ अपडेटमा म्याड मिरामार, अधिक हतियारहरु र बग फिक्स सहित थप फीचरहरु राखिएको छ । नयाँ पबजी मोबाइल अपडेट एन्ड्रोयड यूजरले गूगल प्लेबाट तथा आईफोन यूजरका लागि एप्पल एप स्टोरमा उपलब्ध भईसकेको छ ।

यो अपडेटको विशेषता भनेको प्लेयर्स यसलाई तत्काल डाउनलोड गरेर अपडेट गर्नुपर्नेछ । यदि प्लेयरले एप अपडेट गरेर र पुरानै भर्सनमा खेल्न चाहेको खण्डमा सो खेलाडीले नयाँ अपडेटमा खेलिरहेका प्लेयर्ससँग खेल्न पाउने छैन् ।

नयाँ अपडेटमा आएको प्रमुख विशेषता भनेको मिरामार म्याप हो । कम्पनीले यसलाई म्याड मिरामारको नाममा लन्च गरेको छ ।

म्याड मिरामार म्यापको उत्तरी भागका एउटा ओआसिस दिईएको छ । यस म्यापका साथमा नयाँ रेस ट्र्याक पनि उपलब्ध रहेको छ । अब धेरैघरहरुको एरिया, सडकहरु तथा विभिन्न साधनहरुलाई समेटिएको छ ।

पबजीको नयाँ अपडेटका साथमा आएको म्याड मिरामार म्यापमा भेण्डिङ मेसिन पनि रहेकोछ । यसका साथै नयाँ हतियार पनि राखिएको छ । एजेन्सी

Global Bank
easy care

प्रकाशित: २६ बैशाख २०७७, शुक्रबार

ताजा समाचार