अनलाइन कक्षा औपचारिक पढाई नभएको संसदिय समितिको ठहर

Technology Khabar २४ बैशाख २०७७, बुधबार

अनलाइन कक्षा औपचारिक पढाई नभएको संसदिय समितिको ठहर

काठमाडौं ।

लकडाउनको अवस्थामा घरैमा बसेका बालबालिकाहरुलाई अनलाइन लगायतका माध्यमबाट पढाईरहेकोमा त्यसलाई अगाडि नबढाउन निर्देशन दिएको छ ।

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई अनलाइन माध्यमलगायतलाई औचारिक नमानिने भन्दै त्यस्तो काम तत्काल बन्द गराउन निर्देशन दिएको हो ।

समितिले दिएको निर्देशनमा भनिएको छ- ‘लकडाउनको अवस्थामा घरमा रहेका विद्यार्थीहरुलाई विद्यालयले विभिन्न माध्यमबाट पठनपाठन गरिरहेको सम्बन्धमा यस्ता कुनैपनि क्रियाकलापलाई पछि गएर विद्यालयको तहगत/विषयगत औचारिक पठनपाठन नमानिने कुराको अहिले नै सुनिश्चितता गर्ने ।’

समिति सभापति जयपुरी घर्तीले देशको विभिन्न स्थानमा इन्टरनेटको राम्रो सुबिधा नभएको र यस्तो अवस्थामा कोर्ष अगाडि बढाउन नहुने बताईन् ।

समितिको बैठकमा मन्त्रालका अधिकारीहरुले भने केहि विद्यालयहरुले विद्यार्थीलाई व्यस्त बनाउनका लागि अनलाइन कक्षा संचालन गरेको बताएका थिए ।

तर सांसदहरुले भने दूर्गम स्थानका विद्यार्थीहरुसम्म इन्टरनेटको पहुँच नभएको हुँदा अनलाइन कक्षा उपयुक्त नहुने बताएका थिए । उनीहरुले अनलाइन कक्षा संचालन गर्नेभए सबै क्षेत्रहरु र विद्यालयहरुमा इन्टरनेट सेवा पुर्याउनुपर्ने बताएका थिए ।

Global Bank
easy care

प्रकाशित: २४ बैशाख २०७७, बुधबार

ताजा समाचार