एप्पलको वार्षिक डेभलपर कन्फरेन्स आगामी जून २२ देखि अनलाइनमा आयोजना हुने

Technology Khabar २४ बैशाख २०७७, बुधबार

एप्पलको वार्षिक डेभलपर कन्फरेन्स आगामी जून २२ देखि अनलाइनमा आयोजना हुने

काठमाडौं ।

एप्पल इंकले मंगलबार आफ्नो वार्षिक डेभलपर कन्फेरेन्स जून २२ देखि शुरु हुने घोषणा गरेको छ । कम्पनीकाअनुसार सहभागीहरुले उनीहरुको डेभलपर एप वा वेबसाइटमार्फत निशुल्करुपमा हेर्न सक्नेछन् ।

कम्पनीले मार्च महिनामा सान जोसेमा आयोजना हुने कार्यक्रम जसमा ५ हजार भन्दा बढि सहभागीहरु उपस्थित हुन्छन् । त्यसलाई अनलाइनमा मात्र आयोजना गर्ने घोषणा गरेको थियो ।

यसअघि एप्पलको त्यस्तो सम्मेलनमा सहभागी हुनका लागि शुल्क तिर्नुपर्दथ्यो भने अहिले त्यसलाई अनलाइनमा भएको हुँदा निशुल्क गरिएको छ ।

यसबाहेक कम्पनीले यो वर्ष नयाँ कार्यक्रम स्वीफ्ट स्टूडेन्ड च्यालेन्जे फर यङ्ग डेभलपर्स आयोजना गर्दैछ जसमा सहभागी हुन कम्तिमा १३ वर्ष पुगेको हुनुपर्नेछ।

एप्पलले कसरी भर्चुअल कन्फरेन्स संचालन गर्दछ भन्ने जानकारी दिएको छैन् ।

सो सम्मेलनमा ‘आईओएस, आईप्याडओएस, म्याकओएस, टिभीओएस र वाचओएसलगायतमा आउने नयाँ फीचरहरुका साथै एप्पल इन्जिनियरहरुबाट नयाँ विषयहरु सिक्ने मौका पाउने,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

easy care

प्रकाशित: २४ बैशाख २०७७, बुधबार