चीनले सबैभन्दा ठूलो नयाँ रकेट लङ्ग मार्च-५बी उडायो, स्पेस स्टेशन कार्यक्रमका लागि उपयोग गर्ने

Technology Khabar २४ बैशाख २०७७, बुधबार

चीनले सबैभन्दा ठूलो नयाँ रकेट लङ्ग मार्च-५बी उडायो, स्पेस स्टेशन कार्यक्रमका लागि उपयोग गर्ने
Classic Tech

छिमेकी देश चीनले आफ्नो सबैभन्दा ठूलो क्यारियर रकेट मंगलबार अन्तरिक्षमा प्रक्षेपण गरेको छ । यसले अन्तरिक्षमा जाँदा नयाँ पुस्ताको स्पेसक्राफ्ट बोकेर उडान गरेको छ ।

लङ्ग मार्च-५बी क्यारियर रकेट चीनको हैनान प्राप्तमा रहेको वेनचाङ्ग स्पेस लन्च सेन्टरबाट उडान भरेको थियो । यो पहिलो मिसन हो जसमा ५३.७ मिटर लामो रकेट रहेको छ र यसको कुल ताल ८४९ टन रहेको छ । जसले करिब २२ टनको पेलोड गर्न सक्दछ ।

चीनको मानवसहितको अन्तरिक्ष कार्यक्रमको लागि विशेषरुपमा विकास गरिएको लङ्ग मार्च ५बीलाई अन्तरिक्ष स्टेशनको मोड्यूल लन्च गर्नका लागि प्रयोग गरिनेछ ।

चीनले आगामी दिनमा आफ्नो छुट्टै अन्तरिक्ष स्टेशन बनाउने योजना लिएको छ जसमा आफ्ना अन्तरिक्ष यात्रीहरु पठाउनका लागि यो रकेट उपयोग गर्नेछ ।

चीनले सन् २०२२ सम्ममा आफ्नै स्पेस स्टेशन बनाउने लक्ष्य राखेको छ ।

चीनले सन् २००३ मा अन्तरिक्षमा आफ्नै रकेटमार्फत मानिस पठाउने तेस्रो देश भएको थियो । यसअघि सोभियत यूनियन र अमेरिकाले मात्र त्यस्तो सफलता हात पारेका थिए ।

‘लङ्ग मार्च-५बी क्यारियर रकेटले चीनको एरोस्पेस गतिबिधिहरुलाई बिस्तार गर्न सहयोग पुर्याउने छ,’ चाइना एकेडेमी अफ लन्च भेहिकल टेक्नोलोजीका प्रमुख वाङ्ग जिआओजुनले भने । एजेन्सी

TK Viber

प्रकाशित: २४ बैशाख २०७७, बुधबार

Loading...