फेसबुकमा तोकिएका लाइभ भिडियोहरु हेर्न शुल्क तिर्नुपर्ने फीचर आउँदै

Technology Khabar २३ बैशाख २०७७, मंगलवार

फेसबुकमा तोकिएका लाइभ भिडियोहरु हेर्न शुल्क तिर्नुपर्ने फीचर आउँदै

काठमाडौं ।

फेसबुकमा अब प्रत्यक्ष भिडियो हेर्न प्रयोगकर्ताहरूले रकम भुक्तान गर्नुपर्ने हुनसक्नेछ। यो कोरोना भाइरस महामारीको बेला परफर्मिङ्ग आर्टससँग सम्बन्धित मानिसहरूलाई मद्दत गर्नको लागि गरिएको हो।

फेसबुकमा लाइभ भिडियो गर्नेहरूले अब नयाँ सुविधाको सहायताले प्रत्यक्ष प्रसारण सुरू गर्नु अघि नै उनीहरू आफ्नो लाइभ भिडियो निःशुल्क राख्न चाहन्छन् वा यसमा पहुँच राख्नेहरूबाट शुल्क लिन चाहन्छन् भन्ने निर्णय गर्न सक्षम हुनेछन्।

संगीतकारहरू, हास्य कलाकारहरू, व्यक्तिगत प्रशिक्षकहरूलाई मद्दत

हाल संगीतकारहरू, हास्य कलाकारहरू, व्यक्तिगत प्रशिक्षकहरू, स्पिकरहरू जस्ता व्यक्तिले लकडाउनको कारण आफ्नो कलाकारीता कतै प्रदर्शन गर्न सक्षम भएका छैनन्। त्यसैले तिनीहरू फेसबुकमा लाइभ भिडियोको माध्यमबाट भएपनि व्यक्तिसँग सम्पर्कमा रहेका छन्।

रिपोर्टका अनुसार यस्तो अवस्थामा फेसबुकले सिर्जनाकर्ताहरू र साना व्यवसायहरूलाई प्रत्यक्ष भिडियोमा पहुँचका लागि शुल्क लिन पाउने विकल्प दिएर उनीहरूलाई सहयोग गर्न चाहेको छ। यो टूल अनलाइन प्रदर्शनदेखि क्लासहरु र व्यावसायिक सम्मेलनहरुसम्मका लागि प्रयोग हुनेछ।

डोनेट बटन एड गर्न सकिने

फेसबुकको यस नयाँ टूलले भिडियो स्ट्रिमको सहयोगमार्फत च्यारिटीमा रकम जुटाउन चाहनेहरूलाई पनि मद्दत गर्नेछ। त्यस्ता प्रयोगकर्ताहरूले आफ्नो प्रत्यक्ष स्ट्रिममा डोनेट बटन राख्न एड गर्न सक्नेछन्। फेसबुकले डोनेट अप्सनबाट उठाइएको रकमको १०० प्रतिशत नै गैर नाफामूलक संस्थाको खातामा सिधै पठाउनेछ र यसको सानो अंश पनि लिने छैन। एजेन्सी

easy care

प्रकाशित: २३ बैशाख २०७७, मंगलवार