एप्पल र गूगलद्धारा कन्ट्याक्ट ट्रेसिङ्ग एप्समा लोकेसन ट्र्याकिङ्गको प्रयोग गर्न प्रतिबन्ध

Technology Khabar २३ बैशाख २०७७, मंगलवार

एप्पल र गूगलद्धारा कन्ट्याक्ट ट्रेसिङ्ग एप्समा लोकेसन ट्र्याकिङ्गको प्रयोग गर्न प्रतिबन्ध
Classic Tech

एप्पल इंक र अल्फाबेट इंकको गूगलले कन्ट्याक्ट ट्रेसिङ्ग एप्समा लोकेसन ट्र्याकिङ्गको प्रयोगलाई प्रतिबन्ध लगाउने भएका छन् ।

दुबै कम्पनीहरुले सोमबार सो घोषणा गर्दै त्यस्ता एप्सले यूजर्सको लोकेसन ट्र्याकिङ्ग गर्न नसक्ने बनाउन लागेको हो ।

यी दुबै कम्पनीले संयुक्तरुपमा कोरोनाभाइरस फैलनबाट रोक्नका लागि कन्ट्याक्ट ट्रेसिङ्ग सिस्टम बनाईरहेका छन् ।

एप्पल र गूगलको अपरेटिङ्ग सिस्टमले ९९ प्रतिशत स्मार्टफोनहरु संचालन हुन्छन्, जसले गत महिना कोभिड-१९ पोजिटिभ देखिएकाको नजिक भएका मानिसहरुलाई त्यसको जानकारी दिने सिस्टम बनाउने घोषणा गरेका थिए ।

कम्पनीहरुले केबल जनस्वास्थ्य अधिकारीहरुलाई मात्र सो प्रविधि प्रयोग गर्न दिने योजना बनाएका छन् ।

दुबै कम्पनीहरुले गोपनीयता र सरकारलाई सिस्टम प्रयोग गरेर नागरिकहरुको डाटा संकलन गर्न रोक्नु प्राथमिक लक्ष्य हो । सो सिस्टमले फोनबाट आउने ब्लूटूथ सिग्नलहरु प्रयोग गर्नेछ र संक्रमित भेटिएको पत्ता लगाउने छ तर त्यसले जिपिएस लोकेसन डाटा प्रयोग वा भण्डारण गर्नेछैन् ।
एजेन्सी

TK Viber

प्रकाशित: २३ बैशाख २०७७, मंगलवार

Loading...