ह्वावेले ५जी पावरयुक्त वाईफाई ६ प्रडक्टहरु सार्वजनिक गर्यो

Technology Khabar २३ बैशाख २०७७, मंगलवार

ह्वावेले ५जी पावरयुक्त वाईफाई ६ प्रडक्टहरु सार्वजनिक गर्यो

काठमाडौं ।

चिनियाँ टेक जायन्ट ह्वावेले अल न्यू एयरइन्जिन वाईफाई ६ सिरिज मोडलका डिभाइस सार्वजनिक गरेको छ । कम्पनीले उत्कृष्ट सर्भिस दिनकोलागि इन्टरप्राइजेज र उच्च क्वालिटीको पूर्ण ताररहित क्याम्पसहरुमा प्रयोग गर्नका लागि एशिया प्यासिफिक क्षेत्रमा नयाँ डिभाइस लन्च गरेको हो ।

ह्वावे एयरइन्जिन वाईफाई ६ सिरिजका उत्पादनहरु टेक्नोलोजिकल इन्नोभेसनसहितका छ जसमा ड्यूल ब्याण्ड स्मार्ट एन्टेनाहरु, लसलेस रोमिङ्ग, र डाइनामिक टर्बो फीचर छन् ।

नयाँ मोडलहरुमध्ये फ्ल्यागशिप एयरइन्जिन वाईफाई ६ ८७६० सिरिजले १६ स्पाटियल स्ट्रिम्स प्रदान गर्दछ, जून यो उद्योगमा नै सबैभन्दा धेरै १० जीबीपिएस वायरलेस प्रवाह क्षमता रहेको छ, कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

ह्वावेकाअनुसार वाईफाई ६ सन् २०२३ सम्ममा ९० प्रतिशत इन्टरप्राइजेजमा जडान भईसक्ने प्रक्षेपण गरेको छ ।

कम्पनीका क्याम्पस नेटवर्क डोमेन, ह्वावे डाटा कम्युनिकेशन प्रडक्ट लाइनका प्रेसिडेन्ट लि जिङ्गले वाईफाई ५ नेटवर्कमा यसअघि नै साँघुरोपना भएको र नयाँ सेवाहरुलाई भेट्न रोकावट रहेको बताए ।

‘पूर्णरुपमा वायरलेस पब्लिक क्याम्पसहरु, तुलनात्मकरुपमा, ठूलो खुला क्षेत्रहरु र उच्चमात्रामा मोबाइल यूजर्ससहितको हुन्छन्, तर अहिलेको वायरलेस नेटवर्कहरुले अप्टिमल यूजर एक्सपेरिएन्सलाई निरन्तरता दिन अवाश्यक निरन्तर सिग्नल कभरेज र ब्याण्डविथ स्थीरता प्रदान गर्न सक्दैनन्,’ उनले भने ।

उनकाअनुसार यसैको लागि ह्वावेले पूर्णरुपको वायरलेस जीबीपिएस क्याम्पस नेटवर्क निर्माण गरेको छ, हरेक दृष्टिकोणमा लाइटिङ्ग स्पीड प्रदान गर्दछ, अलवेज अन लसेज एक्सपेरियन्स र १०० एमबिपिएस हरेक स्थानमा हुन्छ ।

easy care

प्रकाशित: २३ बैशाख २०७७, मंगलवार