एप्पलले म्याजिक कीबोर्डका साथमा नयाँ म्याकबुक प्रो सार्वजनिक गर्यो

Technology Khabar २३ बैशाख २०७७, मंगलवार

एप्पलले म्याजिक कीबोर्डका साथमा नयाँ म्याकबुक प्रो सार्वजनिक गर्यो

काठमाडौं ।

एप्पलले आफ्नो नयाँ म्याकबुक प्रोको अपडेट भर्सन लन्च गरेको छ । कम्पनीले सोमबार नयाँ मोडिफाई गरिएको कीबोर्डसका साथमा १३ ईन्चको म्याकबुक प्रोको अपडेट सार्वजनिक गरेको हो ।

यसअघि सो ल्यापटप लाइनमा टाईपिङ्ग सम्बन्धि समस्याहरु रहेको भन्दै निकै आलोचना भएको थियो ।

अहिले एप्पल इंकले सार्वजनिक गरेको ल्यापटप भर्सनमा भने परफरमेन्सलाई अभिवृद्धि गरिएको छ भने स्टोरेज थप गरिएकोछ ।

एप्पलले नयाँ लाइनअपको म्याकबुक प्रोको मूल्य १,२९९ अमेरिकी डलर तोकेको छ भने एजुकेशन फोकस भएको मोडलको मूल्य १,१९९ अमेरिकी डलर रहेकोछ । यो ल्यापटप अनलाइनमा उपलब्ध भएको छ ।

नयाँ म्याकबुक प्रोमा कम्पनीले म्याजिक कीबोर्ड राखेको छ भने यसका साथै कम्पनीले बटरफ्लाई कीबोर्डको अन्त्य गरेको छ । यसमा दशौं पुस्ताको क्वाड कोर इन्टेल सिपियू, १६ जीबीको र्याम राखेको छ । एप्पलले नयाँ प्रोसेसर पहिलेको भन्दा २.८ गुणा तिब्रगतिको भएको बताएको छ ।

कम्पनीले बटरफ्लाई कीबोर्ड ल्याएको ५ वर्षपछि पुरै ल्यापटप सिरिजलाई नयाँ म्याजिक कीबोर्ड सिरिजमा परिवर्तन गर्ने तयारी समेत गरेको छ ।

यसका साथै कम्पनीले नयाँ ल्यापटपमा २५६ जीबीको एसएसडी स्टोरेज राखेको छ र यसलाई ४ टिबीसम्म बढाउन सकिन्छ ।

easy care

प्रकाशित: २३ बैशाख २०७७, मंगलवार