डिजिटल कृषि बजार संचालनमा, अनलाइनमार्फत कृषि उत्पादन खरिदबिक्री गर्न सहज गराउने

Technology Khabar २२ बैशाख २०७७, सोमबार

डिजिटल कृषि बजार संचालनमा, अनलाइनमार्फत कृषि उत्पादन खरिदबिक्री गर्न सहज गराउने

काठमाडौं ।

कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयले लकडाउनको समयमा पनि कृषकको उत्पादन खरिद बिक्री गर्नको लागि ‘डिजिटल कृषि बजार’ सञ्चालनमा ल्याएको छ ।

कोरोना भाइरसको कारण देश लकडाउनमा भएको समयमा किसानले गरेका उत्पादन बिक्री बितरणलाई सहज बनाउन मन्त्रालयले आईतवारदेखि ‘डिजिटल कृषि बजार’ संचालनमा ल्याएको हो ।

यसअघि लकडाउन शुरु भएसँगै कृषकहरुको उत्पादन बजारीकरणमा आएको समाचारहरु आएका थिए । जसले गर्दा कृषि उत्पादनको आपूर्ति श्रृंखलामा समस्या देखिएको थियो ।

हालको लकडाउनको समयमा समेत किसानले उत्पादन गरेका तरकारी लगायतका कृषि उपजहरु बिक्री गर्न सिधै खरिदकर्ताहरुसँग सम्पर्क गर्न सहज होस् भन्ने हेतुले मन्त्रालयले डिजिटल कृषि बजार को शुरुवात गरेको जनाएको छ ।

सो डिजिटल कृषि बजारमा किसानले आफ्ना कृषि उत्पादनहरु र त्यसको प्रकार, उत्पादनको प्रस्तावित मूल्य, परिमाण, सम्पर्क फोन नम्बर र ठेगाना लगायतको विवरणहरु डिजिटल कृषि बजारको वेबसाइटमा राख्न सक्नेछन् ।
त्यसैगरि खरिदकर्ताहरुले पनि आफ्नो नाम, फोन नम्बर र खरिद गर्न चाहेको उत्पादनको बारेमा जानकारी राख्न सक्नेछन् ।

डिजिटल कृषि बजारमा राखिएका बिबरणको आधारमा किसान र खरिदकर्ताले एक आपसमा सम्पर्क गरी उत्पादनको किनबेच गर्न सक्नेछन् ।

बजारमा खरिदकर्ता र कृषक आपूर्तीकर्ताको सूची फरक फरक किसिमले राखिएको छ । तपाईँ पनि आफूले चाहेको कृषि उत्पादनहरु किनबेच गर्न चाहनुहुन्छ भने डिजिटल कृषि बजारमार्फत गर्न सक्नुहुनेछ ।

easy care

प्रकाशित: २२ बैशाख २०७७, सोमबार