गूगल मिट, माइक्रोसफ्ट टिम्स, वेबएक्सले ग्राहकहरुको आवश्यक भन्दा धेरै डाटा संकलन गर्दै

Technology Khabar २२ बैशाख २०७७, सोमबार

गूगल मिट, माइक्रोसफ्ट टिम्स, वेबएक्सले ग्राहकहरुको आवश्यक भन्दा धेरै डाटा संकलन गर्दै

काठमाडौं ।

पछिल्लो दिनमा भिडियो कन्फेरेन्सिङ्ग टूल्सको प्रयोग बढेसँगै त्यसको बारेमा चासो र सरोकार बढिरहेको छ।

हालै आएको एक रिपोर्टअनुसार भिडियो कन्फेरेन्सिङ्ग प्लेटफर्महरुले प्रयोगकर्ताहरुको डाटा अनावश्यकरुपमा लगिरहेको देखिएको छ।

कन्जुमर रिपोर्टसले हालै गूगल मिट, माइक्रोसफ्ट टिम्स, वेबएक्सको गोपनियताको नीतिको बरोमा विश्लेषण गरेको छ र ती एप्सहरुले आवश्यकता भन्दा बढि डाट संकलन गरिरहेको भेटेको छ ।

कन्जुमर रिपोर्टसले ती एप्सहरु प्रयोगकर्ताहरुको लागि असुरक्षित भएको भनेर भनेको छैन् ।

तर ती सर्भिसहरुको प्राइभेसी पोलिसीहरुसँग सहमत भएको खण्डमा गूगल माइक्रोसफ्ट जस्ता कम्पनीहरुले कयौं व्यक्तिगत डाटाहरु लग्ने गरेको रिपोर्टमा उल्लेख छ ।

रिपोर्टकाअनुसार यी तीनवटै कम्पनीहरुले तपाईँको कलहरुबाट सूचनाहरु संकलन गर्ने अधिकार राख्दछन, जसमा तपाईँले कति समयसम्म अन्तिम कल गर्नुभयो, कलमा को सहभागी थियो र हरेक सहभागीको आईपी एड्रेस संकलन गर्ने गरेको छ।

भिडियो कन्फेरेन्सिङ्ग टूल्समा विश्व निर्भर हुन थालेसँगै मानिसहरु ती सर्भिसहरुको सेक्यूरिटी मापदण्ड र प्राइभेसी पोलिसीको बारेमा जाँच गर्न थालेका छन् । यसको सबैभन्दा पहिलो उदाहरण हो जूममा भएको कमजोरी, जसलाई जूमबम्बिङ्ग समेत भनिएको थियो । र यो अझै महत्वपूर्ण छ जबकी माइक्रोसफ्ट, गूगल र सिस्कोले संकलन गर्नसक्ने डाटाहरुको बारेमा सचेत बनाउनेछ।

यी मध्ये कुनैपनि कम्पनीहरुले कुन प्रकारको डाटा साँच्चिकै संकलन गरिरहेका छन र कति समयसम्म त्यसलाई प्रयोग गरिएको छ भन्ने जानकारी दिएका छैनन्।

सबै कम्पनीहरुले कन्जुमर रिपोर्टसलाई बताएअनुसार उनीहरुले केबल भिडियो रेकर्डिङ्ग वा मात्र सिर्जना गर्ने गरेको र जतिबेला सहभागीहरुले मिटिङ्ग रेकर्डिंगको अनुमति दिन्छन त्यसबेला ट्रान्सक्रिप्ट गर्ने गरेको बताएका छन र ती रेकर्डिङ्ग सिधै विज्ञापनको लागि प्रयोग नगरिने प्रतिबद्धता जाहेर गरेका थिए ।

रिपोर्टअनुसार सिस्कोबाट वेबेक्स, माईक्रोसफ्टबाट स्काईप र टिम्स तथा मिट, डूओ र ह्यांगआउटस् गूगलबाट रहेका छन् । गूगलको एउटै प्राइभेसी पोलिसीले तीनवटै भिडियो कन्फेरेन्सिङ्ग सर्भिसहरुलाई समेटेको छ भने माइक्रोसफ्टले टिम्स र स्काईपको लागि एउटै माइक्रोसफ्टले पनि एउटै प्राइभेसी पोलिसी राखेको छ । एजेन्सी

Global Bank
easy care

प्रकाशित: २२ बैशाख २०७७, सोमबार

ताजा समाचार