नबिल बैंकमा अनलाईनमार्फत निशुल्क खाता खोल्न सकिने र सिमित कारोबार गर्ने सुबिधा

Technology Khabar २१ बैशाख २०७७, आईतवार

नबिल बैंकमा अनलाईनमार्फत निशुल्क खाता खोल्न सकिने र सिमित कारोबार गर्ने सुबिधा

काठमाडौं ।

विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ महामारीको समयमा सुरक्षित कारोबारको सुविधा प्रदान गर्ने उद्देश्यले नबिल बैंकले घरमै बसी अनलाईन मार्फत सहज तथा सरल तरिकाबाट खाता खोली सिमित कारोबार समेत गर्न सकिने सुविधा प्रारम्भ गरेको छ । अ

यस अन्तर्गत ग्राहकहरुले बैंक शाखामा नआई आफ्नै घरबाट खाता खोली इन्टर्नेट बैंकिंग, मोबाइल बैंकिंग जस्ता डिजिटल बैंकिंग सुविधाहरुको तत्काल लाभ लिन सक्नेछन् । मोबाइल बैंकिंग सुबिधा अन्तर्गत ग्राहकहरुले रिचार्ज गर्ने बिल भुक्तानी, बीमा प्रीमियम भुक्तानी गर्ने, रकम रकमान्तर गर्ने जस्ता कार्यहरु समेत आफ्नै घरबाट मोबाइल मार्फत गर्न सक्नेछन् ।

साथै यो सुविधा कोभिड १९ संक्रामण न्युनीकरण एवम् ग्राहकहरुको स्वास्थ सुरक्षाको प्रत्याभूत गरी सिमित अवधि र सिमित कारोबारका लागि प्रदान गरिएको जानकारी गराएको छ ।

देश भर ११८ शाखाहरु र १७७ एटिएम संजाल रहेको नबिल बैंकले सेवा दिँदै आएको जनाएको छ ।

Global Bank
easy care

प्रकाशित: २१ बैशाख २०७७, आईतवार

ताजा समाचार