शाओमीले भन्यो- डाटामा यूजर्सलाई थप नियन्त्रणको अधिकार, दुबै ब्राउजरको अपडेट आउँदै

Technology Khabar २१ बैशाख २०७७, आईतवार

शाओमीले भन्यो- डाटामा यूजर्सलाई थप नियन्त्रणको अधिकार, दुबै ब्राउजरको अपडेट आउँदै
शाओमीको आधिकारी सर्भिस सेन्टर, ताम्राकार कम्प्लेक्समा । फाइल

शाओमीले हालै सार्वजनिक भएको स्मार्टफोन यूजर्सहरुको डाटा संकलन गरिएको विषयलाई स्वीकार गरेको छ । कम्पनीले हालै आफ्ना दुबै ब्राउजरहरुको नयाँ अपडेट जारी गर्ने बताएको छ ।

शाओमीले यसअघि मे २ तारिखमा फोर्ब्सको सो रिपोर्टले तथ्यांकहरुको गलत प्रस्तुती गरेको दाबी गरेको थियो । जसमा शाओमीले यूजरहरुको प्राइभेसी र सेक्यूरिटीलाई प्रमुख प्राथमिकता दिएको उल्लेख गरेको थियो ।

कम्पनीले पुनः आफ्नो ब्लग फोरममा अनुसन्धानकर्ताहरुको आबद्धता, लगाव र सकारात्मक निर्णयलाई स्वागत गरेको उल्लेख गरेको छ ।

शाओमीले मे ३ मा आफ्नो सोहि ब्लगमा , आफ्नो मिन्ट ब्राउजर र एमआई ब्राउजर सफ्टवेयर अपडेट गर्दै ईन्कोग्निटो मोडमा अप्सन राखिने जानकारी दिएको छ । नयाँ अपडेटमा सबै यूजर्सहरुका लागि दुबै ब्राउजरमा एकिकृत डाटा संकलनका लागि स्वीच अन/अफ गर्न सकिने सुबिधा दिने बताएको छ ।

‘नियन्त्रणलाई अझ सुदृढ गर्नका लागि उनीहरुको आफ्नो डाटा शाओमीसँग साझेदारी गर्ने बारेमा हामी प्रयोगकर्ताहरुलाई नै अनुमति दिनेछौं,’ शाओमीले आफ्नो ब्लगमा लेखेको छ।

कम्पनीकाअनुसार गूगल प्ले स्टोरमा सो अपडेट अनुमतिका लागि आजै पठाईएको छ ।

यसका साथै कम्पनीले एकिकृत गरिएको डाटालाई पहिचान गर्न नसकिने फर्ममा व्यवस्थापन गर्न यो कार्यक्षमताले सहयोग हुने विश्वास लिएको छ । यसैगरि कुनै कानुनी आवश्यकताहरु भन्दा पर जाने र प्रयोगकर्ताको प्राइभेसीमा कम्पनीको प्रतिबद्धता प्रदर्शन गर्ने बताएको छ ।

यसअघि फोर्ब्समा आएको एक रिपोर्टअनुसार शाओमीले आफ्ना प्रयोगकर्ताहरुको हरेक गतिबिधिलाई आफ्नो सर्भरमा पठाईरहेको सार्वजनिक भएको थियो । साइबर सेक्यूरिटी विश्लेषक ग्याबी सेर्लिङ्गले प्रमाणसहित त्यसलाई पत्ता लगाएका थिए । उनले शाओमी रेडमी नोट ८ मार्फत डाटा पठाएको भेटेका थिए ।

नेपाली बजारमा पनि शाओमीले आफ्ना विभिन्न डिभाइसहरु बिक्री गर्दै आएको छ । नेपाली बजारमा शाओमी नेपालले रेडमी नोट ८ सिरिजका स्मार्टफोन बिक्री गर्दै आएको थियो । कम्पनीले सो डिभाइस गत मंसिरदेखि नेपाली बजारमा बिक्री गरिरहेको छ । जसमा रेडमी नोट ८ तथा नोट ८ प्रो डिभाइसहरु रहेका छन् ।

शाओमी रेडमी नोट ८ र नोट ८प्रो सार्वजनिक, ६४ मेगापिक्सेल क्वाड क्यामरा र ४५०० एमएएच ब्याट्री

त्यसैले यो घट्नामा नेपाली ग्राहकहरु पनि प्रभावित भएको र उनीहरुको डाटा नियमितरुपमा लगिएको अनुमान गरिएको छ ।

यदि तपाईँ पनि शाओमीका डिभाइसहरु प्रयोग गरिरहनुभएको छ भने डिभाइसबाट इन्टरनेट ब्राउज गर्दा संधै ईन्कोग्निटो मोडमा मात्र गर्नुहोस् र आफ्नो डाटालाई शेयर गर्नबाट बच्नुहोस् ।

यसको लागि शाओमीको मिन्ट ब्राउजर र एमआई ब्राउजर दुबैको अपडेट छिटोभन्दा छिटो गर्नुहोस् ।

यो पनि हेर्नुहोस्-

शाओमीले आफ्ना स्मार्टफोन यूजर्सको डाटा जासूसी गर्दै, संवेदनशिल डाटा कम्पनीमा पठाईँदै

 

प्रकाशित: २१ बैशाख २०७७, आईतवार

Comments are closed.

Loading...