माइक्रोसफ्टको अनलाईन बिल्ड २०२० डेभलपर कन्फेरेन्स गर्दै, सहभागीका लागि रजिस्ट्रेशन खुल्यो

Technology Khabar २१ बैशाख २०७७, आईतवार

माइक्रोसफ्टको अनलाईन बिल्ड २०२० डेभलपर कन्फेरेन्स गर्दै, सहभागीका लागि रजिस्ट्रेशन खुल्यो
Global IME Bank

काठमाडौं ।

माइक्रोसफ्टले आफ्नो भर्चुअल एडिसनको अनलाइनबाट मात्र आयोजना हुने बिल्ड २०२० डेभलपर कन्फेरेन्सको लागि रजिस्ट्रेशन खुला गरेको छ । माइक्रोसफ्टका अनलाइन डेभलपर कन्फ्रेरेन्स यहि मे १९ र २० तारिखमा आयोजना हुँदैछ ।

परम्परागतरुपमा यो कन्फेरेन्सले ६ हजार भन्दा बढि डेभलपरहरुलाई आकर्षित गर्ने गर्दथ्यो, तर कोरोनाभाइरस महामारीका बिच कम्पनीले भर्चुअल इभेन्ट गर्न लागेको हो ।

गुगलको आईओ डेभलपर कन्फेरेन्स यो वर्ष पुरै रोकिएको अवस्थामा माइक्रोसफ्टले भने भर्चुअल भने पनि आयोजना गर्नलागेको हो ।

यो इभेन्ट अनलाइनमा मात्र आयोजना भएर फरक नभई अन्य कारणहरुले पनि यसपटक फरक किसिमको हुने बताईएको छ । माइक्रोसफ्टको ईभेन्टमा प्रमुख प्रवचनहरु निकै छोटाछोटा हुनेछन भने माइक्रोसफ्टको टिम केबल अडियन्समा मात्र केन्द्रित हुनेछ । यसको अर्थ डेभलपरहरुसँग फीडब्याक लिने क्रम यो पटक हटाईएको छ ।

यसअघिका डेभलपर कन्फेरेन्सहरुमा माइक्रोसफ्टले कन्जुमर प्रडक्टहरु समेत घोषणा गर्ने गर्दथ्यो तर यो पटक भने त्यस्तो हुनेछैन् । यसमा फीचरहरुको बारेमा मात्र हाईलाईट गरिने छ तर ती अझै यो वर्षसम्म आउनसक्ने छैनन् ।

यसमा केबल कन्टेन्टहरुको बारेमा मात्र विचारहरु राखिनेछ जून डेभलपरहरुका लागि आगामी केहि महिनाहरुमा आउनसक्ने प्रडक्टहरुलाई तत्काल उपयोगी हुनसकोस् ।

तर माइक्रोसफ्ट बिल्ड २०२० मा सिईओ सत्या नडेलाको समेत प्रवचन राखिएको छ भने केहि प्रवचनहरु लाइभ समेत हुनेछ । एजेन्सीका साथ

Sajilo Visa

प्रकाशित: २१ बैशाख २०७७, आईतवार

तपाइको प्रतिक्रिया

ताजा समाचार