ह्वावेले आफ्ना कम्प्युटरहरुमा विण्डोज १० को साटो हार्मोनीओएस २.० प्रयोग गर्ने

Technology Khabar २१ बैशाख २०७७, आईतवार

ह्वावेले आफ्ना कम्प्युटरहरुमा विण्डोज १० को साटो हार्मोनीओएस २.० प्रयोग गर्ने

काठमाडौं ।

गत वर्ष अमेरिकाले कालोसूचीमा राखेसँगै चिनियाँ टेक कम्पनी ह्वावेले आफ्नो हार्मोनी ओएसको विकास गर्ने घोषणा गरेको थियो । अब सोहि अपरेटिङ्ग सिस्टम कपनीले आफ्नो कम्युटरहरुका साथमा ल्याउने योजना गरेको छ ।

हालै आएको ह्वावे सेन्ट्रलको रिपोर्टअनुसार हार्मोनीओएस २.० कम्पनीको घरेलु बजारमा प्रवेश गर्नसक्नेछ । सो रिपोर्ट चिनियाँ सोशल मिडिया वेबोमा आएको पोस्टको आधारमा बाहिर आएको हो । ती डिभाइसहरु कुनपेङ्ग प्रोसेसरयुक्त हुने बताईएको छ।

यसैगरि विभिन्न रिपोर्टहरुकाअनुसार कयौं प्रान्तहरु, शहरहरु र क्षेत्रहरुले ह्वावेलाई यसअघि नै पर्सनल कम्प्युटर सप्लाई चेन मिलाउनका लागि सहयोग गरिरहेका छन् ।

टेक जायन्ट ह्वावेले यसअघि नै हार्मोनीओएसलाई क्रस प्लेटफर्म सलुसनको रुपमा विकास गर्ने बताएको थियो । यसको अर्थ यो अपरेटिङ्ग सिस्टम फरक फरक डिभाइसहरुमा जडान गर्न उपयोगी हुनेछ, जसमा स्मार्टवाच, पर्सनल कम्प्युटर, कारलगायत अन्यमा ।

विभिन्न समस्याहरुका बिचमा पनि ह्वावेले एन्ड्रोयड ओएसमा आधारित रहेर स्मार्टफोनहरु लन्च गरिरहेको छ र यसमा गूगल मोबाइल सर्भिसेजको साटो ह्वावे मोबाइल सर्भिसेज प्रयोग गरिरहेको छ ।

कम्पनीले आफ्नो एप ग्यालरी स्टोर र हार्मोनीओएस अपरेटिङ्ग सिस्टमलाई पनि निरन्तर विकास गरिरहेको छ ।

केहि समयअघि नै यहि बिषयमा ह्वावेका संस्थापक तथा प्रमुखले गूगल र एप्पललाई भेट्न अब कुनै ३०० वर्ष नलाग्ने बताएका थिए । त्यसबेला उनले एक अन्तरवार्तामा ह्वावे ओएसले एन्ड्रोयड र एप्पललाई जित्न केहि समय लाग्ने तर ३०० वर्ष भने नलाग्ने बताएका थिए । एजेन्सी

easy care

प्रकाशित: २१ बैशाख २०७७, आईतवार