एप्पलको आईफोन १२ सिरिजको मूल्य यस्तो हुनेछ, प्रिमियम मोडलमा ५जी सपोर्ट नहुने

Technology Khabar २० बैशाख २०७७, शनिबार

एप्पलको आईफोन १२ सिरिजको मूल्य यस्तो हुनेछ, प्रिमियम मोडलमा ५जी सपोर्ट नहुने

काठमाडौं ।

एप्पलले आफ्नो नयाँ आईफोन सिरिज लन्च गर्ने तयारी गरिरहँदा यसको बारेमा विभिन्न जानकारीहरु आई नै रहेका छन् । हालै कम्पनीको आईफोन १२ लाइनअपको बारेमा विभिन्न जानकारीहरु लीक भएका छन् । जसमा कम्पनीको नयाँ फोनेको मूल्य समेत उल्लेख गरिएको छ ।

कम्पनीले आईफोन १२ प्रोमा ६.१ इन्चको डिस्प्ले राख्नेछ जसको मूल्य ९९९ अमेरिकी डलर हुनेछ, यो आईफोन ११ प्रोको अपग्रेडको रुपमा आउनेछ । त्यसैगरि आईफोन १२ प्रो म्याक्सको सक्सेसरमा ६.७ इन्चको स्क्रीन हुनेछ जसको मूल्य १,०९९ अमेरिकी डलर तोकिएको छ ।

त्यसैगरि कम्पनीले बजेट सिरिजमा थप २ स्मार्टफोनहरु लन्च गर्ने अनुमान गरिएको छ । जसमध्ये आईफोन ११ को सक्सेसरको रुपमा आईफोन १२ ल्याउने छ जसको स्क्रीन ६.१ इन्चको हुनेछ, जसको मूल्य ७४९ अमेरिकी डलर हुनेछ । यसैमा सानो स्क्रीन साईज पनि आउनेछ । अर्को आईफोन १२ ५.४ इन्चको मूल्य ६४९ अमेरिकी डलर हुनेछ ।

अझ महत्वपूर्ण भनेको आईफोनको बजेट सिरिजका फोनहरुले ५जी सपोर्ट गर्नेछन जसमा ओएलईडी स्क्रीन र ड्यूल क्यामरा सेटअप हुनेछ ।

तर एप्पलको आईफोन १२ को प्रिमियम सेगमेन्टमा भने फाईभजी सपोर्ट हुनेछेन् ।

कम्पनीले नयाँ फोनहरु कोभिड १९ ले गर्दा यो वर्ष ढिला गरि लन्च गर्नसक्नेछ र संभवत अक्टोबर नोभेम्बरको समयावधिमा फोन लन्च हुनेछ । एजेन्सी

easy care

प्रकाशित: २० बैशाख २०७७, शनिबार