लकडाउनको अवधिमा कार्यालयबाटै काम गर्ने नेपालीहरुको संख्या ९ प्रतिशतले बढ्यो: गुगल रिपोर्ट

Technology Khabar २० बैशाख २०७७, शनिबार

लकडाउनको अवधिमा कार्यालयबाटै काम गर्ने नेपालीहरुको संख्या ९ प्रतिशतले बढ्यो: गुगल रिपोर्ट

काठमाडौं ।

देशभर लकडाउनको अवस्थामा पछिल्लो महिनामा कार्यालयमा काम गर्ने नेपालीहरुको संख्या वृद्धि भएको छ । गएको अप्रिल महिनामा कार्यालयबाट काम गर्ने नेपालीहरुको संख्यामा ९ प्रतिशतले वृद्धि भएको छ।

गुगलले हालै सार्वजनिक गरेको अप्रिल महिनाको कोभिड-१९ कम्युनिटी मोबिलिटी रिपोर्टअनुसार कार्यालयबाट काम गर्नेहरुको संख्यामा वृद्धि भएको छ । रिपोर्टअनुसार अप्रिल महिनामा हाल कार्यालयबाट काम गर्नेहरुको संख्या अझैपनि ६३ प्रतिशतले घटेको देखिएको छ । यसअघि यस्तो संख्या ७२ प्रतिशतले कम रहेको देखिएको थियो ।

रिपोर्टको आधारमा हेर्दा कार्यालयबाट काम गर्नेहरुको संख्यामा ९ प्रतिशतले वृद्धि भएको देखिएको हो ।

त्यसैगरि रिपोर्टअनुसार पछिल्लो मार्च महिनाको तुलनामा अप्रिल महिनामा लकडाउनको अवस्थामा अन्य क्षेत्रहरुको संख्यामा पनि फरक आएको देखिएको छ ।

गुगलको नयाँ रिपोर्टअनुसार यसअघि घरभित्रै बस्नेहरुको संख्यामा २८ प्रतिशतले वृद्धि भएको देखिएपनि अप्रिल महिनामा भने त्यो संख्या केबल २४ प्रतिशत मात्र रहेको छ अर्थात घरमा बस्नेहरुमध्ये करिब ४ प्रतिशत मानिसहरु घरबाट बाहिर निस्किएको देखिएको छ ।

त्यस्तै यात्रामा जाने तथा यातायातको साधन प्रयोग गर्नेहरुको संख्यामा पनि वृद्धि भएको देखिएको छ । मार्च महिनामा यातायातको साधन प्रयोगहरु ७४ प्रतिशत कम भएको थियो भने अहिले सो संख्या ६९ प्रतिशतमा झरेको छ ।
गुगलका अनुसार मार्चमा किनमेल र रेष्टुरेन्टहरुमा जानेहरुको संख्या ७८ प्रतिशतले घटेकोमा अप्रिल महिनामा त्यसमा वृद्धि हुँदै केबल ७५ प्रतिशत मात्र कमी आएको देखिएको छ ।

त्यसैगरि यसअघि ग्रोसरी र औषधिपसलमा जानेहरुको संख्या मार्चमा ६९ प्रतिशतले घटेकोमा अहिले त्यसमा परिवर्तन हुँदै केबल ६२ प्रतिशत मात्र रहेको छ । अर्थात ग्रोसरी र औषधि खरिदका लागि जानेहरुको संख्यामा करिब ७ प्रतिशतको वृद्धि देखिएको छ ।

अप्रिलको रिपोर्टअनुसार पार्कहरुमा घुम्न जानेको संख्यामा पनि वृद्धि भएको देखिएको छ । जहाँ मार्चमा त्यस्तो संख्यामा ५५ प्रतिशतले घटेको देखिएकोमा अप्रिलमा त्यस्तो घट्नेदर ५१ प्रतिशत मात्र छ अर्थात करिब ४ प्रतिशत मानिसहरु पार्क वा सार्वजनिक स्थानहरुमा घुम्न जाने गरेको देखिन्छ ।

2020-04-26_NP_Mobility_Report_en

यो पनि हेर्नुस्-

२८ प्रतिशत नेपाली कार्यालयमा काम गरिरहँदा घुम्नेहरुको संख्यामा ५५ प्रतिशतले कमी: गूगल रिपोर्ट

easy care

प्रकाशित: २० बैशाख २०७७, शनिबार

ताजा समाचार