डट ओआरजी वेब डोमेनको बिबादास्पद बिक्री रोकियो

Technology Khabar २० बैशाख २०७७, शनिबार

डट ओआरजी वेब डोमेनको बिबादास्पद बिक्री रोकियो

च्यारिटी र गैर नाफामूलक संस्थाहरुले आयोजना गर्ने डट ओआरजी वेब डोमेनको बिबादास्पद बिक्री कार्य स्थगित भएको छ ।

पब्लिक इन्टरनेट रजिस्ट्रि जसले डट ओआरजी (.org) डोमेन संचालन गर्दछ, सो संस्थालेगएको नोभेम्बरमा निजी ईक्विटी फर्म ईथोस क्यापिटललाई करिब १ अर्ब डलरमा बिक्री गरेको चर्चा रहेको थियो ।

आलोचकहरुले भने डट ओआरजीको नयाँ मालिकले नाफाका लागि संचालन गर्ने र च्यारिटीहरुलाई लाखौं डलर लागत लाग्ने चेतावनी दिएको थियो ।

तर सरकारी निकायले भने अहिले सो प्रस्तावित परिवर्तनलाई अस्विरकार गरिदिएको छ ।

एउटा क्याम्पेन ग्रुपले यो रोकलाई गैरनाफामूलकको लागि महत्वपूर्ण भिक्टोरी भएको बताए ।

यसअघि धेरै गैरनाफामूलक क्षेत्रहरुले डट ओआरजीको बिक्री नाफाका लागि ईक्विटी ग्रुपलाई बिक्रीको बारेमा चिन्ता जाहेर गरेका थिए । जसमा डोमेनहरुको मूल्य वृद्धि हुने, सेन्सरसिप हुने र वेबसाइटहरु बन्द गर्न मनोमानी निर्णय हुने डर रहेको बताउँदै आएका थिए।

गएको अप्रिल १५ मा क्यालिफोर्निया जनरल जेभियर बेसेराले यो ट्रान्सफरले गंभिर चासो व्यक्त गरेको र त्यसलाई नजरअन्दाज गर्न नसकिने बताए ।
इन्टरनेट कर्पोरेसन फर असाईन्ड नेम्स एण्ड नम्बर्स(आईक्यान) डट ओआरजी र डट कमजस्ता टप लेभलका डोमेनहरुको गभर्निङ्ग बडी हो ।

यसले इन्टरनेट सोसाईटीबाट ईथोस क्यापिटलमा गरिने परिवर्तनलाई सम्मान गर्न अस्विकार गरेको छ । संस्थाले यो रोकलाई उचित र सहि कुरा गरिएको बताएको छ । बिबिसीबाट

TK Viber

प्रकाशित: २० बैशाख २०७७, शनिबार

Loading...