लकडाउनको बेला अनलाइन शपिङ्ग गर्दै हुनुहुन्छ, त्यसोभए यी जरुरी कुराहरु जानिराख्नुस्

Technology Khabar २० बैशाख २०७७, शनिबार

लकडाउनको बेला अनलाइन शपिङ्ग गर्दै हुनुहुन्छ, त्यसोभए यी जरुरी कुराहरु जानिराख्नुस्
Classic Tech
Nepal Telecom

देशभर मानिसहरु लकडाउनमा हुनाले बाहिर किनमेलमा जानका लागि पनि कठिनाई भईरहेको छ । यस्तो बेलामा मानिसहरु घरमा नै बसेर अनलाईन किनमेललाई प्राथमिकता दिईरहेका छन् ।

अनलाइन शपिङ्ग गर्नाले मार्केट जानुपर्ने मेहेनत बच्दछ । त्यस्तै अलग अलग वेबसाइटमा प्रोड्क्टससँग जोडिएको धेरै आर्कषक डिस्काउन्टले पैसाको पनि बचत हुने गर्दछ । यद्पी यदि केहि कुराहरुमा ध्यान दिइएन् भने सहुलियत दिने यी वस्तुहरुले मुश्किल स्थिती उत्पन्न गर्न सक्दछन् ।

त्यसैले अनलाईन शपिङ्गको बारेमा हामी तपाईँलाई यहाँ केहि टिप्स दिन चाहन्छौं ।अनलाईन शपिंग गर्नुपहिले अपनाउनु पर्ने सावधानीहरुको बारेमा बताउँदै छौं । आउनुस जानौँ –

सुरक्षित वेबसाइट

डिस्काउन्टको लोभ वा मात्रै आर्कषक विज्ञापन हेरेर कुनै वेबसाइटबाट शपिङ्ग गर्ने बानी नगरौँ । यस्तोबाट यूजरहरु ठगीको शिकार बन्न सक्नेछन् । त्यसैले सधै प्रसिद्ध, चर्चित र विश्वसनिय वेबसाइटहरुबाट मात्रै समान अर्डर गर्ने गरौं। ती वेबसाइटहरु कतिको सुरक्षित छन् र उनीहरुले तपाईँको बिबरणहरु कसरी प्रयोग गर्दछन् बुझ्नुहोस् । प्राइभेसी पोलिसी हेर्नुहोस् ।

प्रोडक्टको रिभ्यु पढ्ने गरौं

समान छनौट गर्दा त्यसलाई किन्नु पहिले रिभ्यु पढ्ने गरौँ । यसबाट यूजरमा उक्त प्रोडक्टको बारेमा जान्ने मात्रै नभई सामान तपाईँलाई पठाउने व्यापारीको बारेमा पनि रिभ्यु पाउने छन् । यदि रिभ्यु ठिक छैन भने जोखिम लिने प्रयास बिल्कुलै नगरौं र आफुलाई आवस्यक प्रोडक्टको वेबसाइटमा कुनै दोस्रो अप्शन हेर्ने गरौँ ।

म्याद  सकिने अबधि हेर्नुस्

अनलाइन शपिङ्गमा सबैभन्दा धेरै डर एक्सपायर भईसकेको समान डेलिभर हुनसक्ने रहन्छ । यसबाट बच्नको लागी समानको एक्सपायरी डेट अर्थात म्याद  सकिने अबधि अर्डर गर्नु पहिले सँधै चेक गर्ने गरौँ । यदि कुनै समानमा एक्सपायर हुने डेट उल्लेख गरिएको छैन भने यसलाई किन्ने जोखिम नलिनुस्।

अफरमा नफस्नुस्

एक किन्दा दुई फ्रि जस्ता अफरहरुको लालसामा नफसौँ । यदि प्रोडक्ट गुणस्तरीय र नयाँ रहेको छ भने कम्पनीहरुले यस प्रकारको अफर कहिले पनि दिने गर्दैनन् । कम्पनीहरुले पैसामा डिस्काउन्ट वा कम्बो प्याकमा छुट दिन सक्ने भएता पनि यस्तो असम्भव लाग्ने अफरहरु कम्पनीले प्रदान गर्दैनन् । कतिपय कम्पनीहरुले मात्रै पुराना र आउटडेट भईसकेका जस्ता सामाग्रीहरुमा यस्तो अफर राख्ने गर्दछन् । यस्तो कुरामा सजक र सावधान रहनुस्।

रकम भुक्तानीमा सहजता

अनलाईन शपिङ्ग गर्दा सबैभन्दा महत्वपूर्ण हुने भनेको रकम भुक्तानी गर्ने तरीका हो । यसमा ईकमर्श कम्पनीहरुले विभिन्न अप्सन दिएका हुन्छ्न। बैंक खाताबाट तिर्ने, डेबिट वा क्रेडिट कार्डबाट रकम तिर्ने, मोबाइल वालेटबाट रकम तिर्ने वा क्यास ईन डेलिभरी अर्थात नगद नै भुक्तानी गर्ने अप्सनहरु राखिएका हुन्छन् । तपाईँले आफूलाई सहज हुने भुक्तानीको तरीका छनौट गर्नुहोस् । कुन अप्सनबाट रकम भुक्तानी गर्दा सहज हुन्छ र फाईदा हुन्छ हेर्नुहोस् । कहिले काँही भुक्तानीमा अफरहरु राखिएका हुन्छन् त्यसबाट समेत केहि रकम बचाउन सकिन्छ ध्यान दिनुहोस् ।

रिटर्न पोलिसी

प्रोडक्ट रिटर्नदेखि लिएर प्रोडक्टसँग जोडिएको टर्म्स एन्ड कन्डिशन पढ्न नभुलौँ । यदि कसैगरि समान डेलीभरी नभएमा वा गलत सामान डेलिभरी भएमा यूजरलाई यस्तो यस पोलिसीको प्रयोग गर्नु पर्ने आवश्यक हुन्छ । रिटर्न पोलिसी अर्थात सामान फिर्ता गर्ने नीतिको बारेमा बुझेर आफैँ सजक रहने गरौँ ।

 

TK Viber

प्रकाशित: २० बैशाख २०७७, शनिबार

Comments are closed.

Loading...