विश्वभर स्मार्टफोन बिक्री पहिलो त्रैमासमा १३ प्रतिशतले कमी, ३० करोड यूनिट भन्दा कम शिपमेन्ट

Technology Khabar १९ बैशाख २०७७, शुक्रबार

विश्वभर स्मार्टफोन बिक्री पहिलो त्रैमासमा १३ प्रतिशतले कमी, ३० करोड यूनिट भन्दा कम शिपमेन्ट

काठमाडौं ।

कोभिड-१९ ले विश्वभर आक्रान्त पारिरहेको बेला यसले स्मार्टफोन बजारमा पनि नराम्रो प्रभाव पारेको छ । हालै सार्वजनिक रिपोर्टअनुसार विश्वभर स्मार्टफोन बजारमा कमी आएको छ ।

काउन्टरप्वाइन्ट रिसर्चको विश्लेषणअनुसार सन् २०२० को पहिलो त्रैमासमा स्मार्टफोन आपूर्तिमा १३ प्रतिशतको कमी आएको छ । कोभिड-१९ का कारण वार्षिक वृद्धिदरको आधारमा १३ प्रतिशतले कमी आएको हो । सो अवधिमा ३० करोड भन्दा पनि कम मोबाइल मात्र आपूर्ति भएका थिए, जून तथ्यांक सन् २०१४ को बराबर हो ।

पहिलो त्रैमासमा सबै कम्पनीहरुको आपूर्ति प्रभावित भएपनि दुई स्मार्टफोन ब्राण्ड भने त्यसबाट बचेका छन् । ती कम्पनीहरु शाओमी र रियलमी हुन् ।

सबै कम्पनीहरुको वृद्धिदर नकारात्मक भएको बेलामा बजारमा सामसङ पहिलो स्थानमा नै छ भने त्यसपछि ह्वावे रहेको छ । टेक कम्पनी एप्पल तेस्रो स्थानमा छ भने अन्यमा चिनियाँ ब्राण्डहरुको बर्चश्व रहेको छ ।

काउन्टर प्वाइन्टकाअनुसार पहिलो त्रैमासमा २९ करोड ५० लाख यूनिट शिपमेन्ट भएको थियो त्यसमध्ये सामसङले ५ करोड ९० लाख यूनिटसहित २० प्रतिशत बजार हिस्सा बनाएको छ । त्यस्तै ह्वावेले सो अवधिमा ४ करोड ९०लाख यूनिट आपूर्ति गर्दै १७ प्रतिशत बजार हिस्सा लिएको छ भने एप्पलले ४ करोड यूनिटका साथमा १४ प्रतिशत बजार ओगटेको देखिन्छ ।

चिनियाँ ब्राण्ड शाओमीले भने २ करोड ९७ लाख यूनिट शिपमेन्ट गर्दै १० प्रतिशत बजार ओगटेको छ भने अर्को कमपनी रियलमीले ७२ लाख यूनिट शिपमेन्ट गर्दै २ प्रतिशत बजार लिएको छ । यी दुबै कम्पनीहरुको बजार हिस्सामा क्रमशः २ र १ प्रतिशतको वृद्धि भएको छ ।

ओपो र भीभोको बजार हिस्सा क्रमशः ८ र ७ प्रतिशत रहेको छ । अन्य प्रमुख १० कम्पनीमा लेनोभो ग्रुप, एलजी, टेक्नो लगायत छन् ।

रिसर्च संस्थाकाअनुसार आउँदो दोस्रो त्रैमासमा अहिलेको भन्दा झनै खराब अबस्था हुनेछ । चिनियाँ बजार यसअघि नै सुधारमा रहेको हुँदा त्यहाँ भने ह्वावे र ओपोको उपस्थिती राम्रो देखिनेछ ।

महामारीको भन्दा अगाडि न्यून आय भएका मानिसहरुले अफलाइनमा डिभाइस किन्ने गरेकोमा अब त्यो अवस्था सक्षम नहुँदा त्यसले इन्ट्रि लेभलको सेगमेन्टलाई ईमजिङ्ग देशहरुमा सबैभन्दा धेरै असर पार्ने रिपोर्टमा उल्लेख छ ।

मिडरेन्ज सेगमेन्टले बजारलाई अगाडि बढाउनेछ भने प्रिमियम सेगमेन्टमा प्रत्यक्ष प्रभाव पर्नेछैन् ।

easy care

प्रकाशित: १९ बैशाख २०७७, शुक्रबार